हुनसक्छ कोरोनाको ठोस उपचार कहिल्यै भेटिँदैन- डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई पराजित गर्न निकै कठिन रहेको बताएको छ।

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस एडहनम गिब्रयेससले एक भर्चुअल प्रेस कन्फ्रेन्समा कोरोनालाई पराजित गर्न कहिल्यै कुनै 'ठोस समाधान (उपचार) नमिल्नसक्छ' समेत भनेका हुन्।


Advertisement

उनले भनेका छन्, ‘अहिले यो भाइरसविरुद्ध कुनै सटिक र ठोस, पक्का हिसाबले उपचार उपलब्ध छैन, हुनसक्छ कि कहिल्यै भेटिँदैन।’

यद्यपि, विश्वभर कोरोनाविरुद्धको खोप तयार गर्न वैज्ञानिक लागीपरेका छन्। ट्रायल पनि भइरहेको छ। हालसम्म कोरोनाविरुद्धको खोप बजारमा आइसकेको छैन।


Advertisement

पछिल्लो पटक अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको खोप ट्रायलमा सुरक्षित पाइएको खबर सार्वजनिक भएको थियो।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्