×

NMB BANK
NIC ASIA

प्लाज्मा थेरापीको दायरा बढाइँदै, १५ अस्पताललाई अनुमति

साउन २०, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार प्रक्रिया सामानान्तर रुपमा अगाडि बढाउने भएको छ ।

Muktinath Bank

विश्वभरि नै कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्य अवस्था जटिल भएर आईसीयू र भेन्टिलेटरको आवश्यकता हुने बिरामीमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को उपचार पद्धति उपयोगि सिद्ध भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृतिमा तीन वटा निजी तथा १२ वटा सरकारी गरी १५ वटा अस्पतालमा सामानान्तर रुपमा प्लाज्मा थेरापीको अध्ययनमा संलग्न गराई उपचार गर्न अनुमति दिइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपचारका लागि अनुमति दिइएको १५ अस्पतालमध्ये आठ वटा काठमाडौँ उपत्यकाका छन् ।


Advertisment
Nabil box
Kumari

हाल काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै प्लाज्मा थेरापी उपचारको परीक्षण गरिएको छ । एकजनाको स्वास्थ्य अवस्थामा ७० प्रतिशत सुधार देखिएको छ । अर्को एक जना उपचारको प्रक्रियामा रहेको अस्पतालमा कोभिड–१९ प्लाज्मा थेरापीका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उपत्यकाबाहिर सात वटा अस्पताललाई उपचारको अनुमति दिइएको छ । परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले उपत्यकाभित्रका मेडिसिटी, ग्राण्डी र हयाम्स अस्पताललाई ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को अध्ययनमा सहभागी गराइएको जानकारी दिए ।

परिषद्का अनुसार उपत्यकाको काभ्रेस्थित धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल–टेकु, भक्तपुर अस्पताललाई उपचारका लागि अनुमति दिइएको छ । उपत्यकाबाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान–धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान–जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल र सेती अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पाउनेछन् ।

परिषद्ले यसअघि नै अध्ययनसँगै प्लाज्मा थेरापीबाट उपचार गर्न चिकित्सकहरूलाई प्रशिक्षण दिएको थियो । परिषद्का प्रमुख डा. ज्ञवालीले १५ वटै अस्पतालबाट दुई दुई जना चिकित्सकलाई अध्ययनमा सहभागी गराइएको जानकारी दिए । प्रत्येक अस्पतालबाट एक प्रमुख फिजिसियन र अर्को संयोजक गरी दुई जना अध्ययनमा सहभागी भएका थिए । डा. ज्ञवालीले अस्पतालमा जटिल प्रकारको बिरामीको चाप र माग अनुसार अस्पतालको सङ्ख्या घटबढ हुने प्रष्ट्याए । ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार गर्दा बिरामी र रक्त दाता दुवैको मञ्जुरी आवश्यक हुने परिषद्ले जनाएको छ ।

रक्तदाताको मापदण्ड
– आरटी पीसीआरबाट कोरोना सङ्क्रमित भई मुक्त भएको
– रक्तदान पूर्व १४ दिनसम्म लक्षण देखा नपरेको
– रक्तदान गर्दा रेडक्रसले तोकेको मापदण्ड पूरा गरेको
परिषद्ले प्लाज्मा थेरापी गर्नुपर्ने बिरामीका लागि समेत स्वास्थ्य मापदण्ड तय गरेको छ ।
बिरामीको मापदण्ड
– १८ वर्ष उमेर पूरा भएको

-आरटी पीसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमित भएको प्रमाणित
– अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने
– बिरामीको स्वास्थ्य अवस्था गम्भीर भएको हुनुपर्ने
– ज्यान जोखिममा रहेको वा बिरामीको ज्यान जान सक्ने चिकित्सकबाट पुष्टि भएको

कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढिरहँदा स्वास्थ्य अवस्था जटिल भएका बिरामीको सङ्ख्या पनि थपिँदैछन् । पछिल्लो एक साताभित्र मात्रै कम्तीमा एक दर्जन व्यक्तिको सङ्क्रमणबाट मृत्यु भइसकेको छ । शरीरमा अक्सिजनको मात्रा कम भई सघन कक्ष र भेन्टिलेटरको आवश्यक हुने बिरामीमा प्लाज्मा थेरापीको उपचार सहयोगी सिद्ध भएपछि मुक्त भएका सङ्क्रमित आवश्यक हुने देखिएको छ । अनुसन्धान परिषद्ले हाल २५ जना निको भएका सङ्क्रमित तयारी अवस्थामा रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि हाल ३६ जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश १ मा चार जना, प्रदेश २ मा सात जना, बाग्मती प्रदेशमा २२ जना, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा एक/एक जना गरी तीन जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । आईसीयूमा भर्ना भएका बिरामीमा प्लाज्मा थेरापीपछि ज्यान बचाउन सकिने भएपछि ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को उपचार प्रकृयालाई प्राथमिकतामा राखेर मन्त्रालयले अगाडि बढाएको हो । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x