माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
झन्डै ४ सय वर्ष पुरानो ऐतिहासिक गोरखा दरबारसँगै रहेको गोरखनाथ मन्दिरको पछाडिको बाटो भएर तीर्थालु मुस्किलले यात्रा गर्छन् । गोरखनाथ मन्दिरदेखि कालिका मन्दिरसम्म पनि यत्रतत्र छरिएका निर्माण सामग्रीले बाटो छेकेका छन् । भूकम्पले क्षति पुर्याएपछि गुमेको दरबार क्षेत्रको रौनक अहिलेसम्म फर्किएको छैन । भूकम्पको ३० महिनापछि दरबार पुनर्निर्माण सुरु भए पनि कहिले सकिन्छ, यसै भन्न सकिन्न । एकाधको संख्याका कामदार मन्दिर वरपर टाकनटुकन काम गरिरहेका देखिन्छन् ।
काम थालेको ३३ महिनामा बल्ल भुइँ तलाको काम अन्तिम चरणमा पुगेको छ । तत्कालीन शाहवंशीय राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मले शासन चलाएको दरबार हेर्न कहिलेकाहीँ फाट्टफुट्ट आउने पर्यटक पनि लथालिंग हाल देखेर निराश भएर फर्किन्छन् । दरबार पुनर्निर्माणको ठेक्का ०७४ कात्तिक २९ मा पचली भैरव/शिभाको जेभीले ४ करोड ३७ लाख रुपैयाँमा लिएको थियो । पुरातत्त्व विभाग र ठेकेदारको सम्झौताअनुसार गत मंसिर मसान्तमै काम सकिनुपर्थ्यो । तर अहिलेसम्म मन्दिरको ४० प्रतिशत काम मात्रै सकिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुनर्निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई स्पष्टीकरण पनि सोधेको थियो ।
०७६ मंसिरमा म्याद सकिएपछि पुस ४ को विभागीय निर्णयअनुसार ठेकेदार कम्पनीले गत जेठ मसान्तसम्म ६ महिना म्याद थप पायो । ‘थपिएको ६ महिनामा खासै प्रगति भएन,’ भुसालले भने, ‘म्याद थपपछि ठेकेदारले जुन गतिमा काम गर्नुपर्थ्यो, गर्न सकेन ।’ काममा ढिलाइ गरेका ठेकेदारले लकडाउनको बहाना देखाएर निवेदन दिएपछि सार्वजनिक खरिद नियमावली ०६४ को नियम १२० को उपनियम ४ को प्रावधानअनुसार आगामी मंसिर मसान्तसम्म कार्य सम्पन्न गर्ने गरी अन्तिमपटक म्याद थप भएको उनले बताए । पछिल्लो समय पुनर्निर्माण प्राधिकरणको सचिवस्तरीय निर्णय अनुसार म्याद थप भएको हो ।
ठेकेदार कम्पनीको ढिलासुस्तीबाट पुरातत्त्व विभागका कर्मचारीसमेत आजित छन् । आगामी मंसिरसम्म काम नसकिए ठेकेदारलाई विभागले कारबाही प्रक्रिया अघि बढाउने भुसालले जानकारी दिए । ‘यसअघिको कामको अवस्था हेर्दा थपिएको म्यादमा पनि काम सम्पन्न गर्नेमा शंका गर्ने अवस्था छ,’ उनले भने ।
ठेकेदारलाई पुरातत्त्वसँग सम्बन्धित कम अनुभव रहेकाले पनि काममा अलमल परेको गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी बताउँछन् । भुसालका अनुसार गोरखनाथ मन्दिरको पछाडिपट्टिको बाटोमा इँटा राख्दा अवरोध भएको र अर्को बाटो प्रयोग गर्दा सिँढी ठूला भएकाले वृद्धवृद्धा र अशक्तलाई आउजाउमा गाह्रो छ । पुनर्निर्माण सुरु भएपछि दरबारभित्रका पृथ्वीनारायण शाहले प्रयोग गरेको राजगद्दीलगायत ऐतिहासिक सामग्री सुरक्षित किसिमले राखिएको छ । काम लाग्ने ३०/४० प्रतिशत पुरानै काठपात प्रयोग गर्ने तयारी छ । तर गोदाममा राखेका पुरानो दरबारको काष्ठकलाका सामग्री पनि संरक्षण हुन सकेको छैन । सामान्य अवस्थामा ढिलासुस्ती भएको फुनर्निर्माणको काम कोरोना सत्रंमणपछि झनै प्रभावित बन्यो ।
लकडाउनको केही दिनअघि चैत ७ बाट स्थगित काम असार १७ गतेपछि मात्रै सुरु भयो । अहिले कामदारले भुइँतलाको काम अन्तिम चरणमा पुर्याएर पहिलो तलाको काम सुरु भएको छ । ऐतिहासिक दरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्न लागिएको हो । भुइँतलामा सुत्केरी (कोटले) कन्या, गद्दी र धुनी कोठा रहने छन् । भण्डार, कोट भण्डार, भाँडाकुँडा कक्ष, निसान र पूजा सामग्री कोठा दोस्रो तलामा बन्नेछ । तेस्रो तला राजपरिवारको किचनका रूपमा परिचित छ । तेस्रो तलाका बाँकी ठाउँका किचनका सामग्री राखिन्थ्यो । कटुवाल र टपरी लगाउने कोठा तेस्रो तलामा रहने छ । भुइँतलाको काम भए पनि तीन तलाको काम बाँकी छ ।
अन्य संरचना पनि लथालिंग
गोरखा दरबारसँगैको परिसरमा गोरखा कालिका, रंगमहल, शीतल पाटीलगायत संरचना छन् । दरबारले पूर्णता नपाउँदा ती संरचनाको पुनर्निर्माणसमेत अलमलमा छ । भूकम्पको धक्काले कालिका मन्दिरसमेत कुरूप छ । तत्कालीन शाहवंशीय राजाहरूले कुलदेवताका रूपमा मान्दै आएको गोरखा कालिका मन्दिरको पूर्वी र दक्षिण भागको गाह्रो चर्किएको छ । गोरखा कालिका मन्दिरको आन्तरिक पूजा व्यवस्थापनमै समस्या छ । गोरखा दरबारका महत्त्वपूर्ण सामग्री अहिले गोरखा कालिका मन्दिरमा राखिएको छ । यसले आउजाउ र ठाउँ व्यवस्थापनमै समस्या थपिएको गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराई बताउँछन् । ‘दरबार परिसर नै लथालिंग बन्यो, दरबारका भयभरका सामग्री यता मन्दिरमा छन्, पूजाको कामको सिलसिलामा हिँड्न पनि समस्या छ,’ उनले भने ।
यस्तै समस्याले कालिका मन्दिरको शीर्षकमा आएको झन्डै एक करोड रुपैयाँ फिर्ता भएको भुसालले बताए । गत आर्थिक वर्ष काम सुरु गर्ने तयारी भएको दरबार परिसरको शीतल पाटी पुनर्निर्माणको काम भने चालु आवबाट थाल्ने अड्डाको तयारी छ । ‘कालिका मन्दिर पनि अुसरक्षित छ तर अहिले यसलाई पुनर्निर्माण वा मर्मत गर्न सम्भव छैन,’ उनले भने, ‘शीतल पाटीको काम भने यो वर्ष अब रोक्दैनौं ।’
पुनर्निर्माणमा भएको ढिलाइ लज्जाको विषय बनेको स्थानीय दीपक योगी बताउँछन् । ठेकेदारले निर्माण सामग्रीसमेत समयमा ल्याउन नसकेको उनको बुझाइ छ । पुरातत्त्व विभागले पनि ठेकेदरलाई काममा लगाउन नसकेको उनको भनाइ छ । कान्तिपुर दैनिकमा हरिराम उप्रेतीले खबर लेखेका छन् ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...