×

NMB BANK
NIC ASIA

कश्मीरमा लगाइयो कर्फ्यु : विरोधकर्ताहरूले भोलि कालो दिन मनाउने

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतप्रशासित कश्मीरमा बुधवार अगस्ट ५ मा विरोध प्रदर्शन हुन सक्ने आशंकामा कर्फ्यु लगाइएको छ । 

Muktinath Bank

पोहोर साल अगस्ट ५ मा भारतको केन्द्र सरकारले कश्मीरको विशेष दर्जा खोसेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस दिनलाई कालो दिवसका रूपमा मनाउने योजना विभिन्न समूहले बनाइरहेको र त्यसमा हिंसा हुन सक्ने भन्दै कर्फ्यु लगाइएको अधिकारीहरूको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

कोभिड–१९ का कारण पनि भीडभाड गर्न नदिइएको उनीहरूले बताए । 

Vianet communication
Laxmi Bank

पोहोर साल जम्मु–कश्मीरलाई दुईवटा केन्द्रशासित प्रदेश बनाइएको थियो र त्यसको अर्धस्वायत्त हैसियत खोसिएको थियो । 

त्यसको एक वर्ष पुगेको पूर्वसन्ध्यामा उक्त क्षेत्रमा तनाव रहेको र थप सैनिकहरू तैनाथ गरिएको बताइएको छ । 

संविधानको धारा ३७० खारेज गर्ने निर्णयलाई कश्मीरमा आक्रोश र धोकेबाजीका रूपमा लिइएको थियो भने भारतका अन्य स्थानमा त्यसको स्वागत गरिएको थियो । त्यसपछि लगाइएको कर्फ्यु र सञ्चार सम्पर्क विच्छेदपछि ​हजारौंलाई पक्राउ गरिएको थियो । 
 

कश्मीरमा विभिन्न विरोध प्रदर्शन भइरहेका हुन्छन् र सुरक्षा फौजहरू नागरिकसँग भिड्ने गरेका छन् । 

जम्मु–कश्मीर भारतको एक मात्र मुस्लिमबहुल राज्य थियो र त्यहाँ दशकौंदेखि भारतविरोधी प्रदर्शन हुने गरेका थिए । 

यो संसारको सबभन्दा खतरनाक स्थानमध्ये एक हो र यहाँ सेनाको भारी तैनाथी गरिएको छ । 
 

कश्मीरमा भारत र पाकिस्तान दुवैले दाबी गरेका छन् र दुईवटा युद्ध यसैका लागि लडिसकेका छन् । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x