×

NMB BANK
NIC ASIA

भ्रष्टाचारको उजुरीको दर बढ्दो

साउन २०, २०७७

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्सेनि बढ्दो क्रममा रहेको पाइएको छ ।

Muktinath Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय (अदुअआ)सुर्खेतले बन्दाबन्दीका कारण गत आर्थिक वर्ष सङ्ख्यात्मक रूपले घटेको देखिए पनि उजुरी आउने दर भने उच्च रहेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 कार्यालयका अनुसार आव २०७५/७६ मा ७८३ उजुरी परेका थिए । गत आव  २०७६÷७७ मा ६७९ उजुरी परे । गत आवमा सबैभन्दा बढी उजुरी सुर्खेत २३८ उजुरी परेका छन् ।


Advertisment
Nabil box
Kumari

दैलेख १८६, जाजरकोट १४४, कालीकोट १०२, जुम्ला ८४, सल्यान ८०, रुकुमपश्चिम ७८, हुम्ला ६६, मुगु ५३ र डोल्पाबाट ४९ उजुरी परेका छन् । गत आवमा सङ्घीय सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयसँग सम्बन्धित ३१६ उजुरी परेका छन् ।

Vianet communication
Laxmi Bank

त्यस्तै प्रदेश सरकार मातहतका मन्त्रालयसँग सम्बन्धित २१० तथा स्थानीय तहका ५५४ उजुरी परेका थिए । अदुअआको सक्रियतासँगै नागरिकमा सचेतना वृद्धि भएकाले पनि उजुरी आउने क्रम बढेको कार्यालयले भनाइ छ ।

कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले विकास निर्माणमा नागरिकको चासो र सूचना प्रविधिको पहुँचका कारण पनि उजुरी आउने क्रम बढेको बताए ।

कार्यालयबाट खटिएको टोलीले गत वर्षमात्रै सेवाग्राहीसँग घुस लिँदै गर्दा १४ जनालाई रङ्गेहात पक्राउ गर्‍यो । यस सङ्ख्या र बरामद रकम अघिल्लो वर्षको तुलनामा बढी हो । आव २०७५/७६ मा कर्णालीमा चार जना रङ्गेहात पक्राउ परेका थिए भने रु चार लाख ४७ हजार घुस रकम बरामद गरिएको थियो । गत आवमा घुस रकमसहित नियन्त्रणमा लिइएका १४ जनाबाट रु १३ लाख ४१ हजार १६ बरामद भएको थियो । 

कार्यालयबाट अनुसन्धान गरिएका २२ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । ती मुद्दामा ७० जनाविरुद्ध रु एक करोड ४९ लाख ३५ हजार ६४ बिगो दाबी गरी मुद्दा दायर गरिएको हो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x