अफगानिस्तानको कारागारमा आतंकवादी आक्रमण, २९ जनाको मृत्यु

अफगानिस्तानको पूर्वी भागमा रहेको शहर जलालाबादको एक कारागारमा आक्रमण हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा एक हजारभन्दा बढी कैदीहरू भाग्न खोजेका छन् । 

इस्लामिक स्टेट नामक आतंकवादी समूहले आक्रमणको जिम्मेवारी लिएको छ । 


Advertisement

आइतवार साँझ कारागारको प्रवेशद्वारमा कार बम विस्फोट गराएपछि आक्रमण शुरू भएको थियो । 

कुल २० घन्टा चलेको भिडन्तमा आठजना आक्रमणकारी मारिएको नानगरहार प्रान्तका एक प्रवक्ताले बताए । 


Advertisement

लगभग ३०० कैदीहरू अझै फरार छन् । 

आक्रमण हुँदा कारागारमा १७ सय ९३ जना कैदी थिए । तीमध्ये अधिकांश तालिबान र आईएस लडाकू भएको सुरक्षा स्रोतले एएफपी समाचार संस्थाले लेख्यो । विशेष कैदीहरूलाई कारागारबाट भगाउन आक्रमण गरिएको हो कि हैन भन्ने स्पष्ट भइसकेको छैन । 

प्रान्तीय प्रवक्ताका अनुसार, भागेकामध्ये १ हजार २५ कैदीलाई कारागार ल्याइसकिएको छ भने ४३० जनालाई उद्धार गरिएको छ । ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । 

यस्ता किसिमका आक्रमण गरेर आईएसले आफू सक्षम रहेको र आफ्ना सञ्जाल तथा क्षमताहरू कायमै रहेको सन्देश दिन खोजेको छ । 

बीबीसीबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्