×

NMB BANK
NIC ASIA

हसुलिया–मसुरिया सडकमा एम्बुलेन्स गुडाउनै सकस, मर्मतमा चरम ढिलासुस्ती

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको मसुरिया–हसुलिया सडकखण्ड मर्मत सम्भारमा चरम ढिलासुस्ती भएको छ ।

Muktinath Bank

समयमा मर्मत सम्भारको काम नहुँदा सडक खण्डको ठाउँठाउँमा ठूला–ठूला खाल्डाखुल्डी भई वर्षातमा हिलाम्मे भएको छ तर मर्मत सम्भारमा तदारुकता नदेखाउँदा सो सडक खण्डमा आवतजावत निकै कष्टकर भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१९ किलोमिटर सडक खण्डको ‘जिरो प्वाइन्ट’ रहेको पूर्वपश्चिम राजमार्गस्थित बडैपुरदेखि लौसा गाउँसम्म करीब साढे ३ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ तर बाँकी सडक राम्रोसँग ग्राभेलसम्म नहुँदा आवतजावतमा समस्या भएको छ ।


Advertisment
Nabil box
Kumari

सडकमा एम्बुलेन्स समेत गुड्न छोडेको स्थानीयले बताएका छन् । कैलारी गाउँपालिका–६ बेनौलीकी रविना महतोका अनुसार हिलोका कारण बिरामी बोकेको एम्बुलेन्स फिर्ता हुने गरेको छ । एम्बुलेन्स सञ्चालनमा अवरोध भएर अस्पताल पुग्न ढिलाइ हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताइन् ।

Vianet communication
Laxmi Bank

सो सडकखण्ड जिल्लाको गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिका जोड्ने प्रमुुख सडक हो तर चारपांग्रे त के पैदल यात्रीले समेत हिँड्न नसक्ने गरी हिलाम्मे हुँदा निकै सास्ती भाग्दै आएको स्थानीयले बताएका छन् ।

कैलारी गाउँपालिका–२ कैलारी गाउँका प्रेम चौधरीले गाउँपालिकाको प्रमुख मेरुदण्डको रुपमा सो सडक रहे पनि मर्मत सम्भार तथा स्तरोन्नतिमा चरम बेवास्ता हुँदै आएको बताए ।

सो हिलाम्मे सडक कैलारी गाउँपालिका क्षेत्रभित्र पर्दछ । सो सडकमा आवतजावत गर्ने स्थानीयहरू मात्रै होइन, गाउँपालिका कार्यालय हुसुलिया बजारसम्म पुग्न अति नै कष्टकर भएको गाउँपालिकाका कर्मचारी भुक्तभोगी भए पनि मर्मत सम्भारमा तदारुकता देखाइएको छैन ।

गौरीगंगा नगरपालिकाको मसुरियामा बस्दै आएका गाउँपालिका–६ का वडा सचिव अन्नत कँडेल र गौरीगंगा नगरपालिकाको राजीपुुर बस्दै आएकी गाउँपालिका–१ की सचिव मञ्जु अधिकारीले गाउँपालिका कार्यालय र वडा कार्यालय पुग्न निकै सास्ती खेप्दै आएको बताएका छन् ।

वडा सचिव कडेलले भने, ‘वडा कार्यालय वनकट्टा जानुपर्दा कसरी जाने भन्नेबारे १० पटक सोच्नुपर्छ । के गर्ने कार्यालय पुग्नैपर्‍यो । कयौं पटक त सो सडकमा लडेको छु ।’

स्थानीयले सो सडक तत्काल कालोपत्रे होइन, हिँड्न मिल्ने गरी मर्मत सम्भार गरी दिन सरोकारवाला निकायसँग माग गर्दै आएका छन् तर समयमा जनताको पीरमर्का सरकारी निकायले नबुझ्दा स्थानीय जनता आक्रोशित छन् ।

कैलारी गाउँपालिका–६ बेनौलीका जगदिश महतोले आफ्नै घरको आँगन अगाडिको हिलाम्मे भई स्याउला बिछ्याएको सडक देखाउँदै भने, ‘हेर्नु न लाज लाग्नुपर्ने हो । ग्राभेल हाल्नुपर्ने ठाउँमा स्थानीयले केही सीप नचले पछि जंगलबाट स्याउला काटेर यो खाल्डोमा बिछ्याएर ओहोरदोहोर गर्न बताएका छन् । यो वर्षातमा हिँडडुल गर्न लायक नबनाए कहिले बनाउने हुन् हाम्रा सरकारहरू ?’

कैलारी गाउँपालिकाले सो सडक मर्मत सम्भारको कार्य जारी रहेको बताएको छ । गाउँपालिकाका सबइन्जिनीयर गोविन्द रोकायाले सडक मर्मत सम्भारको लागि ठेक्का भई काम पनि शुरू भइसकेको दाबी गरे ।

गाउँपालिकाले सो सडक मर्मत सम्भारको लागि २ खण्डमा ठेक्का दिएको छ । लौसा गाउँदेखि बेनौली पेट्रोल पम्पसम्म र बेनौली पेट्रोल पम्पदेखि बरका मुुडासम्म मर्मत सम्भारको ठेक्का ठाकुर कन्ट्रक्सन हुलियाले पाएको हो ।

गाउँपालिकाका सबइन्जीनियर रोकायाले अविरल वर्षासँगै आएको बाढीले काममा ढिलाइ भएको बताउँदै वर्षात रोकिएको १ हप्ताभित्रै हिँड्न लायक बनाएर छोड्ने प्रतिबद्धता व्यक्त गरे ।

कालोपत्रेको लागि ठेक्का

सो सडक कालोपत्रेको लागि पनि ठेक्का सम्झौता भइसकेको जनाइएको छ । निर्माण कम्पनीसँग कालोपत्रेको लागि आव २०७६/२०७७ को अन्तिमतिर ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । डिभिजन कार्यालयको सूचना अधिकारी एवं इन्जिनीयर लक्ष्मणदत्त जोशीका अनुसार संघीय सरकारको प्रत्येक निर्वाचन क्षेत्रमा सडक कालोपत्रे गर्ने योजना अनुसार १० करोडको योजनामा कालोपत्रे हुन लागेको छ ।

५ खण्डमा विभाजन गरी सडक कालोपत्रे हुने भएको छ । जसको लागि फागुनमै ठेक्का आह्वान भएको जनाइएको छ । २०७७ चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता भएको सूचना अधिकारी जोशीले बताए । कालोपत्रेको लागि मल्ल निर्माण सेवा लगायत निर्माण व्यवसायीले ठेक्का पाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x