अमेरिकाले अफगानिस्तानमा नोभेम्बरसम्ममा ४ हजार सैनिक मात्र राख्ने : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले निकट भविष्यमै अफगानिस्तानमा जम्मा चार हजार अमेरिकी सैनिक रहने बताएका छन् । 

‘हामी अफगानिस्तानबाट लगभग निस्किसकेका छौं,’ ट्रम्पले अमेरिकी न्युज वेबसाइट एक्सियोससँग कुराकानी गर्दै भने । 


Advertisement

‘अब केही समयमै हामी आठ हजारमा झर्नेछौं अनि त्यसपछि चार हजारमा सीमित रहनेछौं । त्यसका लागि हामी सम्झौता गरिरहेका छौं,’ ट्रम्पले भने । त्यसका लागि उसले ठ्याक्कै समय त तोकेनन् तर यो छिट्टै हुने बताए । 

नोभेम्बरमा निर्वाचन हुने अवधिसम्म अफगानिस्तानमा कतिजना अमेरिकी सैनिक रहनेछन् भन्ने विषयमा प्रश्न गर्दा ट्रम्पले ‘लगभग चारदेखि पाँच हजार’ भने । 


Advertisement

अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले सन् २०२१ को मे महिनासम्म सबै अमेरिकी सैनिकहरू अफगानिस्तानबाट निस्कने अपेक्षा ट्रम्पले गरेको बताए । 

यसै वर्ष अमेरिका र तालिबानले कतारको दोहामा एक शान्ति सम्झौता गरेर अमेरिकी सैनिक क्रमशः फिर्ता बोलाउने अनि अफगानी शक्तिहरूबीच सहमति गराउने भनेका थिए । 

तालिबानले चाहिँ अफगानिस्तानमा आतंकवादी समूहहरूलाई चलखेल गर्न नदिने सम्झौता छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्