ताइवानको एयरलाइन्सले शुरू गर्‍यो कतै नपुगिने यात्रा !

यात्राका लागि तड्पिरहेका मानिसलाई लक्षित गर्दै ताइवानले नयाँ उडान अनुभव दिलाउन खोजेको छ । उक्त उडान कुनै खास गन्तव्यमा पुग्ने छैन । 

यस अफर अन्तर्गत मानिसहरू विमानस्थलमा रोकेर राखिएको विमानमा चेक इन गर्न र बस्न पाउनेछन् । विमान एक विशेष गन्तव्यतर्फ जाने छैन तर यात्रुहरूलाई विमान चढेको अनुभव चाहिँ दिलाउनेछ । 
 


Advertisement

एभा एयर ताइवानको सबभन्दा ठूलो एयरलाइन्समध्ये एक हो र यसले अगस्ट ८ मा विशेष यात्राको अवसर दिनेछ । 

विमान कुल तीन घन्टा ताइवानको आकाशमा उड्नेछ र ताइपेइ ताहोयुआन विमानस्थलमै फर्केर अवतरण गर्नेछ । 


Advertisement

‘अन्तर्राष्ट्रिय यात्रा बजार आधा वर्षदेखि ठप्प छ,’ एभा एयरको वेबसाइटले समाचार दियो । ‘मानिसहरू विदेश जानका लागि आतूर भइसकेका छन् । यात्रुहरूको इच्छा पूरा गर्नका लागि एभा एयरले अगस्ट ८ मा वैकल्पिक यात्रा अनुभव गराउनेछ ।’

उक्त दिन आकाश खुल्यो भने यात्रुहरूले गुइशहान टापु र सुन्दर हुआदोङ समुद्री तट लगायत ताइवानका विभिन्न पर्यटकीय गन्तव्यहरूको दृश्यावलोकन गर्न पाउनेछन् । 

यात्रुहरू हेल्लो किट्टी ड्रीम जेटमा यात्रा गर्नेछन् । 

यात्राका क्रममा यात्रुहरूले फ्री वाईफाई, फिल्म तथा स्वादिष्ट परिकारको आनन्द उठाउन पाउनेछन् । 

इकोनोमी क्लासको टिक १८० अमेरिकी डलर तोकिएको छ । थप ३४ डलर तिरेमा बिजनेस क्लासको टिकट पाइनेछ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्