बालुवाटारमा तेस्रो दिन पनि ओली-प्रचण्डबीच छलफल

पार्टीभित्र देखिएको विवाद समाधानको विषयलाई लिएर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलवार पनि छलफल शुरु भएको छ । ओलीलाई भेट्न प्रचण्ड साँझ ५ बजे बालुवाटार पुगेका हुन् ।

प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल र ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साथ राखेर यसअघि आइतवार र सोमवार पनि छलफल भएको थियो । झण्डै एकसाता लामो गतिरोध चिर्दै आइतवार र सोमवार पनि दुइ नेताहरुबीच छलफल भएपनि कुनै सहमति जुट्न सकेको थिएन ।


Advertisement

आइतवारको बैठकमा ग्रीन टी र सोमवारको बैठकमा जेरी खाएर छलफल भएको बाहिर आएको थियो । दुई नेताबीच छलफल भएपनि साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्नेबारे सहमति जुट्न सकेको छैन ।

ओलीसँगको भेटवार्ताअघि प्रचण्डले मंगलवार बिहान उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेका थिए । नेकपाभित्रको विवादका कारण असार १० गते शुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्