ओली-प्रचण्ड छलफल: लगानी बाेर्डमा भट्टको नियुक्ति किन?

सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले सरकारको पछिल्लो नियुक्ति निर्णयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ‘एजेन्ट’को आरोप लाग्दै आएका राष्ट्रिय योजना आयोगका सदस्य इन्जिनियर सुशील भट्टलाई लगानी बोर्डको सिइओ नियुक्त गरेको थियो।


Advertisement

‘विवादास्पद' व्यक्तिलाई नियुक्ति गरेर सरकारसँगै पार्टीलाई समेत आलोचनाको शिकार बनाएको भन्दै अध्यक्ष प्रचण्ड र नेता खनालले मंगलबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रोष प्रकट गरेका थिए।

करिब सवा घण्टा भएको छलफलको मुख्य एजेन्डा पार्टीभित्रको गतिरोध अन्त्यको रहेपनि नेताहरूले प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे।


Advertisement

नेताहरुले अब उप्रान्त राजनीतिक नियुक्ति गर्दा पार्टीको परामर्श लिन भनेपछि प्रम ओलीले प्रतिवाद त गरेनन्। बरु परामर्शमा मात्रै नियुक्ति गर्ने जवाफ दिएका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्