×

NMB BANK
NIC ASIA

सर्वोच्च अदालतको व्याख्या : बहुविवाह नैतिक पतन देखिने कसूर होइन

साउन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बहुविवाह नैतिक पतन देखिने फौजदारी कसूर नभएको सर्वोच्च अदालतले स्पष्ट गरेको छ ।

Muktinath Bank

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भनेको छ, ‘बहुविवाहलाई नैतिक पतन देखिने फौजदारी कसूरको कोटीमा राखेको नदेखिँदा नैतिक पतन देखिने फौजदारी कसूर हो भनी मान्न मिल्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुर जिल्ला दुवाकोट घर भई महानगरीय प्रहरी वृत्त बालाजुमा सहायक प्रहरी निरीक्षक पदमा कार्यरत नजराज थापाले बहुविवाह गरेको आरोप लगाई सो पदबाट बर्खास्त गरिएको थियो । बर्खास्त गर्दा घरमा श्रीमती हुँदाहुँदै कान्छी श्रीमती ल्याएको दाबी गरी थापालाई सरकारी कार्यमा अयोग्य ठहर गरी पदबाट हटाइएको थियो ।


Advertisment
Nabil box
Kumari

यसभन्दा अघि ललितपुर जिल्ला अदालतले २०६६ सालमा बहुविवाह गरेको आरोपमा थापालाई १ वर्ष कैद गरी २५ हजार रुपैयाँ जरिवाना गरेको थियो । त्यसपछि थापालाई प्रहरीको नोकरीबाट बर्खास्त गरिएको हो । उनलाई प्रहरी कार्यालयबाट बर्खास्त गरिएको विरुद्ध प्रहरी महानिरीक्षकसमक्ष पुनरावेदनको निवेदन दिएका थिए । सो निवेदनमाथि सुनुवाइ भई बर्खास्त गरिएकै सदर गरिएको थियो ।

Vianet communication
Laxmi Bank

प्रहरीको सेवाबाट हटाउँदा प्रहरी नियमावली २०४९ को नियम ८८ (घ) र (ङ) को आधार लिएको देखिन्छ । (घ) मा नैतिक पतन देखिने अपराधमा अदालतबाट अपराधी प्रमाणित भएमा सेवाबाट हटाउन सकिने भन्ने उल्लेख छ ।

त्यसपछि थापाद्वारा आफूलाई गैरकानूनी रुपमा पदबाट हटाइएको दाबी गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । रिट निवेदनमा बहुविवाह नैतिक पतन देखिने अपराध नभएको भनी दाबी गरिएको थियो । प्रहरी कार्यालयले भने बहुविवाहलाई नैतिक पतन देखिने हो भनी थापालाई पदबाट नै हटाएको थियो ।

सर्वोच्चले बहुविवाह नैतिक पतन देखिने अपराध हो कि होइन भन्ने विवादलाई यो विवादबाट सल्टाएको छ । सोबमोजिम सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्रचलित कानून तथा प्रहरी कर्मचारीहरूको सेवा शर्तसम्बन्धी कानूनमा बहुविवाहलाई नैतिक पतन देखिने फौजदारी कसूर हो भनी उल्लेख भएको देखिँदैन ।’

आदेशमा बहुविवाह नैतिक पतन देखिने फौजदारी कसूर नरहेको सन्दर्भमा थापालाई सफाइको उचित मौका दिई कारबाही अगाडि बढाउनुपर्ने उल्लेख गर्दै सोबमोजिम गरेको नपाइएकाले प्रहरी कार्यालयको कार्य प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको ठहर गरिएको छ । सोबमोजिम पदबाट हटाउने उपल्लो स्तरको सजाय गरेको नमिलेको उल्लेख गर्दै सर्वोच्चले थापालाई पदमा पुनर्बहाली गरी अन्य सजाय हुने सक्ने भए गर्न सकिने स्पष्ट गरेको छ । सो आदेश २०७६ सालको भदौ १५ गते गरेको भए पनि त्यसको पूर्ण पाठ मंगलवार मात्र बाहिर आएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x