फोनिज युरोपको उपाध्यक्षमा दिल निशानी मगर चयन

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युरोप शाखाको उपाध्यक्षमा लोकान्तरका स्तम्भकार दिल निशानी मगर चयन भएका छन् । 

अगस्त १ का दिन युरोपका विभिन्न देशमा बसोबास गर्ने नेपाली आदिवासी जनजाति पत्रकारको भेलाले फोनिजको युरोप शाखा गठन गर्ने औपचारिक निर्णय गरेको थियो । 


Advertisement

भेलाले वाई बी गुरुङको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति चयन गरी शाखा स्वीकृतिका लागि फोनिज केन्द्रलाई अनुरोध गरेको थियो । फोनिज केन्द्रको अगस्त ३ मा बसेको सचिवालय बैठकमा सो प्रस्तावबारे छलफल गरी वैदेशिक शाखाको रूपमा फोनिज युरोप शाखालाई अनुमोदन गर्ने निर्णय भएको छ ।

फोनिज युरोप शाखामा अध्यक्ष वाई बी गुरुङ, उपाध्यक्ष दिल निशानी मगर, महासचिव पेम्बा गेलु शेर्पा, सचिव ईन्दिरा चाम्लिङ, कोषाध्यक्ष महेन्दो वाईबा, सदस्यमा राजु गुरुङ, आलन्द गुरुङ, ल्हाक्पा तेन्जी लामा र सफल चाम्लिङ छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्