अयोध्यामा राम मन्दिर क्षेत्र झकीझकाउ, मोदीले चाँदीको इँटा राखेर शिलान्यास गर्ने

भगवान् रामको जन्मभूमि अयोध्यामा भव्य मन्दिर निर्माणका लागि बुधवार शिलान्यास गरिँदैछ । त्यसको पूर्वसन्ध्यामा मंगलवार राति अयोध्या नगरीलाई झकीझकाउ बनाइएको थियो ।

मन्दिर शिलान्यासअघि करीब सवा लाख दीप जलाइएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदीको किनार, मन्दिर लगायत क्षेत्रलाई सजावट गरिएको छ ।


Advertisement

राम मन्दिर शिलान्यासको ऐतिहासिक दिनलाई घरमै बसेर लाइभ हेर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आह्वान गरेका छन् । राम मन्दिरको शिलान्यासका क्रममा भूमिपूजन गरिनेछ । मन्दिरको आधारशीला प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट राखिने भएको छ । त्यसको तयारीका लागि मुख्यमन्त्री आदित्यनाथ सक्रियतापूर्वक खटिएका छन् । 

दिउँसो १२ बजेर ४४ मिनेट ८ सेकेन्डदेखि ४० सेकेन्डसम्म गरी ३२ मिनेट मात्रै भूमिपूजनको शुभ मुहूर्त रहेको जनाइएको छ । यसै शुभ मुहूर्तमा प्रधानमन्त्री मोदीले चाँदीको इँटा राखेर मन्दिरको शिलान्यास गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।


Advertisement

भारतको सर्वाेच्च अदालतले अयोध्यामा भव्य राम मन्दिर बनाउने फैसला गरेपछि सरकारले मन्दिर निर्माण कार्य अगाडि बढाएको हो । यसअघि मन्दिर र मस्जिदको विवाद रहेकोमा अदालतले मन्दिरको पक्षमा फैसला गरेको थियो ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्