बुटवलका घरहरूमा एकबिहानै चल्यो डोजर

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

बुुटवलमा सडक संरचना मिचेर बनाएका घरहरू डोजर लगाएर बुुधवार बिहानै भत्काइएको छ ।

बुटवल उपमहानगरपालिका कालिकापथका घरहरूमा डोजर चलेको हो ।


Advertisement

उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

पटक–पटक सडकको क्षेत्राधिकार मिचेका घरहरू भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । यो पथ बुुटवल–९ र ११ मा पर्छ ।


Advertisement

कालिकापथलाई ८२ फीटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरेपनि अटेर गरेपछि उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो । 

सडक क्षेत्रका अधिकांश घरहरू हटाएपनि केही घरधनीले अटेरी गर्दै आएका थिए । कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रूपमा विस्तार गर्ने योजना बनाएको छ । पूरानो बसपार्कदेखि भित्रि सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ । यो सडकको विस्तारको कामका लागि प्रदेश ५ सरकारले बजेट व्यवस्था गर्नेछ ।  

बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा यो सडक विस्तारको काम सम्पन्न गर्न ३ वर्ष लाग्ने र झण्डै १ अर्ब खर्च हुने उल्लेख छ । 

२०५४ सालमै यो सडकलाई ८२ फीट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको थियो । 

यद्यपि केही व्यक्तिको अवरोधका कारण सडक मिचिएका संरचना भत्काउन नसक्दा विस्तार हुन सकेको थिएन । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्