×

NMB BANK
NIC ASIA

गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

साउन २१, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
 
घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै १ लाख र छोटेलाल सहनी २५ हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका तथा गाउँपालिका अध्यक्षलाई सोमवार २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गएको असार १४ मा धनकौल गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २० घाइते भएका थिए । घाइतेमध्ये नेकपाका केही कार्यकर्तालाई गोलीसमेत लागेको थियो । घटनामा गाउँपालिकाका अध्यक्ष साहले गोली चलाएको आरोप नेकपाले लगाउँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

साह कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।  असार ६ गते जिल्लाकै रामनगर गाउँपालिका–४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको हत्या भएको थियो । यादवको हत्याको विरोधमा धनकौलमा नेकपाले निकालेको विरोध र्‍यालीमा गोली चल्दा ३ प्रहरीसहित २० प्रदर्शनकारी घाइते भएका थिए ।

Vianet communication
Laxmi Bank

गोली प्रहार घटनामा प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको समेत हात रहेको नेकपाका कार्यकर्ताको आरोप छ । सांसद सिंहविरुद्धको उजुरी भने प्रहरीले दर्ता गर्नै नमानेको नेकपाले आरोप लगाएको छ ।

घाइतेले सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध त्यतिबेलै किटानी जाहेरी दिएका थिए । दबाब बढेपछि प्रहरीले सांसद सिंह र अध्यक्ष साहको घरबाट समेत लाइसेन्स प्राप्त बन्दुक बरामद गरेर अनुसन्धान अघि बढाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x