सुनको भाउमा नयाँ किर्तिमान, तोलाको एक लाख भन्दा बढी

सुनको भाउले पछिल्लो समयमा हरेक दिन नयाँ रेकर्ड कायम गर्ने गरेको छ ।

बुधवार एकैदिन १६ सय बढेर तोलाको १ लाख १ हजार ४ सय निर्धारण भएको छ ।


Advertisement

तोलाको एक लाख नाघेपछि सुनको मूल्यले नेपाली बजारमा नयाँ किर्तिमान कायम गरेको हो ।

महासंघको भाउ निर्धारण समितिले बजारमा अन्तर्राष्ट्रिय सुनको भाउ प्रतिऔँस ४० डलरले बढेको बतायो ।


Advertisement

अन्तर्राष्ट्रिय भाउमा भर पर्नुपर्ने हुँदा नेपालमा सुनको भाउले किर्तिमान बनाएको हो । त्यस्तै आज बजारमा चाँदी एक तोलाको १२ सय ९५ निर्धारण गरिएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्