मोदीले नेपाल सम्झिएपछि दिल्लीस्थित नेपाली राजदूतले गरे यस्तो ट्वीट

नेपालसँग भगवान रामको आत्मीय सम्बन्ध रहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।

बुधवार अयोध्यामा राममन्दिरको भूमिपूजन समारोहमा मोदीले नेपालसँग रामको आत्मीय सम्बन्ध माता जानकीले जोडेको बताएका थिए ।


Advertisement

'नेपाल का राम से आत्मीय सम्बन्ध माता जानकी से जुडा है ।" - अयोध्यामा राममन्दिरको शीलान्यासमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी,' राजदूत आचार्यले ट्वीटरमा लेखेका छन्, ‘राम–सीतासित जोडिएको दुई देशको निकटता गहिरो र बलियो छ । यी सम्बन्धलाई आधुनिक समयअनुरूप बढ्दो सहयोगात्मक र सुदृढ बनाउन राम-जानकीले प्रेरणा दिइरहुन् ।’

हेर्नुहोस्, ट्वीट:


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्