×

NMB BANK
NIC ASIA

कोरोना नियन्त्रण गर्न तपाईँको ‘मास्क खै’ अभियान

साउन २१, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तपाईको ‘मास्क खै’ अभियान शुरु गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न तथा जनचेतनामूलक सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुक्त आयोजनामा अभियान शुरु गरिएको हो ।

Muktinath Bank

सरकारले लागू गरेको बन्दाबन्दी हटेपनि कोरोना भाइरस सङ्क्रमणको जोखिम कायम रहेकाले नागरिकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै तपाईको मास्क खै अभियान शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'खोटाङमा कोरोना सङ्क्रमणमुक्त भएसँगै सर्वसाधारण मास्क नलगाइ हिँड्न थालेका छन्,' उनले भने, 'बन्दाबन्दी हटेसँगै कोरोना भाइरसको सङ्क्रमण बढ्ने सम्भावना रहेकाले सर्वसाधरणलाई अनिवार्य मास्क लगाउनुपर्छ भन्ने उद्देश्यका साथ संयुक्त अभियान थालेका हौँ ।'


Advertisment
Nabil box
Kumari

अभियानको पहिलो दिन आज जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा मास्क नलगाई हिँडेका सर्वसाधरणलाई निःशुल्क मास्कसमेत वितरण गरिएको थियो । जिल्लाका हरेक स्थानीय तहमा सञ्चालन गरिने अभियान सफल पार्न जनपथ र सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ ।

Vianet communication
Laxmi Bank

अहिले खोटाङ कोरोना सङ्क्रमणमुक्त भए पनि पुनः देखिनसक्ने भएकाले घरबाहिर हिँड्डुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाइ हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले बताउनुभयो ।

'सरकारले लागू गरेको नियम उलङ्घन गरेको पाइएमा एक महिनासम्म कैद वा रु १०० जरिवाना वा दुबै सजाय गरिनेछ,' उनले भने, 'सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत काममा खटिएका आधिकारिक व्यक्ति तथा सुरक्षाकर्मीलाई काममा बाधा पु¥याउने व्यक्तिलाई छ महिनासम्म कैद तथा जरिवाना वा दुबै सजाय गरिनेछ ।'

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आजदेखि शुरु गरिएको अभियानलाई आगामी दिन पनि सञ्चालन गरिने बताइएको छ । अभियानलाई गाउँगाउँसम्म पु¥याउन मातहतका प्रहरी चौकीलाई निर्देशनसमेत दिइएको प्रजिअ पौडेलले जानकारी दिए ।

सङ्क्रमणमुक्त भएसँगै जिल्लामा सञ्चालित होटल, पसल तथा बजार पूर्णरुपमा खुला भएको छ । कोरोना भाइरसको सङ्क्रण रोक्न सरकारले लागू गरेको बन्दाबन्दी हटेपछि यातायातका साधनसमेत पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ ।

जिल्लामा भेटिएका १२ जना सङ्क्रमित उपचारपछि सबैजना घर फर्किएका छन् । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एकजना बाहेक सबैजना वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका व्यक्ति हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x