सर्वोच्च अदालतका सवारी चालकमा कोरोना पुष्टि

सर्वोच्च अदालतका एक जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। 
      
सर्वोच्चका अनुसार आइतबार १ सय ८१ जना कर्मचारीमा पिसिआर परीक्षण गरिएको थियो। तीमध्ये एक जनामा संक्रमण पाइएको र बाँकी १ सय ८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको हो।
  
सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ।  


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्