कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अस्पतालमा शय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो । उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो । उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए । यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।
संक्रमित थपिएसँगै व्यवस्थापन गर्न समस्या भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ‘मंगलबारकै संक्रमितलाई व्यवस्थापन गरिसकेका थिएनौं, आज (बुधबार) झन् बढी थपिए,’ ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिएका छौं ।’ ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये २० जनालाई घरमै आइसोलेसनमा राखिएको छ । मंगलबार पुष्टि भएका ६९ जनामध्ये १५ जनालाई पनि घरमै आइसोलेसनमा राखिएको थियो ।
कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये ५६ जनालाई मात्रै दुवाकोटको केएमसी, प्रहरी अस्पताल र कीर्तिपुरको आयुर्वेद अस्पतालमा व्यवस्थापन गरिएको छ । संक्रमितमध्ये ३६ जनाको ट्राभल हिस्ट्री (टाढा आउजाउ) छ । ३२ जनालाई कोरोनाको लक्षणसमेत देखिएको छ । ‘संक्रमित केही गाउँ फर्किसकेछन्,’ कोइरालाले भने, ‘१६ जना सम्पर्कबाहिर छन् ।’
केहीको मोबाइल नम्बर गलत, केहीको मोबाइल स्विच अफ र अन्यको फोन नम्बर नहँॅदा खोजी गर्न नसकिएको ईडीसीडीले जनाएको छ । पैसा तिरेर स्वाब दिएका संक्रमितहरूले आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर नै गलत राख्दा संक्रमितको पहिचान गर्न गाह्रो हुने गरेको छ । उनीहरू घरमै आइसोलेसनमा छन् कि खुलेयाम हिँडिरहेका छन् भनेर निगरानी हुन सकेको छैन । सम्पर्कबाहिर भएकालाई प्रहरीमार्फत भए पनि खोज्ने कोइरालाले बताए । पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सुरुमा स्वाब दिनुपर्छ । त्यति बेला स्थायी र अस्थायी ठेगाना, मोबाइल नम्बर ल्याबले उपलब्ध गराएको फाराममा लेख्नुपर्छ ।
संक्रमणको कुनै लक्षण तथा चिह्न नभएका र सामान्य लक्षण भएका व्यक्ति आफ्नै घरमा आइसोलेसनमा बस्न सकिने मापदण्ड सरकारले बनाएको छ । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी (नर्स वा प्यारामेडिक्स) ले घरमा रहेका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी दिनमा दुईपटक फोन वा एसएमएसबाट लिनुपर्छ । तर निगरानी नहुँदा थप जोखिम हुने विज्ञहरू बताउँछन् । ‘घरमै बस्छु भन्नेहरू पनि घरमा छन् कि छैनन्, अनुगमन गर्नुपर्ने हुन्छ,’ कोइरालाले भने ।
काठमाडौंको धुम्बाराहीमा कोरोना संक्रमित एक चिकित्सक २१ दिन होम क्वारेन्टाइनमा बसेर एक साताअघि मात्रै बाहिरिए । होम क्वारेन्टाइनमा बस्दा स्वास्थ्य अवस्था र घरको भौतिक अवस्था बुझ्न कोही पनि नआएको उनले बताए । ‘यतिसम्म कि म कस्तो घरमा बसेको छु भनेर हेर्नसमेत कोही आएनन्,’ संक्रमणमुक्त ती चिकित्सकले भने, ‘म त आफैं चिकित्सक भएकाले जतिसक्दो सुरक्षाको उपाय अपनाएँ । अस्पतालमा भीडभाड हुन्छ भनेर संक्रमितहरू घरमै बसेका छन् । अनुगमन जरुरी छ ।’ साउन ९ मा संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका कपनका ६२ वर्षीय पुरुषले पनि आफ्नो स्वास्थ्य अवस्था बुझ्न कोही नआएको गुनासो गरे । ‘मलाई कोरोना पोजिटिभ देखिएपछि अस्पताल जानुपर्छ भनेको थिएँ । मैले घरमै बस्छु भनेपछि बस्न मिल्ने वा नमिल्ने कस्तो छ हेर्न आउने सुनाएका थिए,’ उनले भने, ‘तर कोही पनि आएका छैनन् ।’ साउन १४ बाट घरमै आइसोलेसनमा बसेका चन्द्रागिरि सीतापाइलाका ५५ वर्षीया महिलाले पनि आफ्नो स्वास्थ्यमा चासो देखाएर कोही नआएको बताइन् ।
कोभिड–१९ को आइसोलेसन व्यवस्थापन निर्देशिकाअनुसार यसरी घरमै बस्नेको निगरानी स्थानीय तहले गर्नुपर्छ । तर स्थानीय तहले निगरानी त के, तथ्यांकसमेत राखेका छैनन् । ‘क्वारेन्टाइनमा बस्नेको बाहेक अरूको हामीले निगरानी गरेका छैनौं,’ चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले भने, ‘नगरमा घरमै आइसोलेसनमा बसेकाको विवरण पनि हामीसँग छैन ।’ घरमा आइसोलेसनमा बस्नेको संख्या हरेक दिन बढे पनि स्थानीय तहले प्रभावकारी निगरानी गर्न नसक्दा संक्रमणको जोखिम झन् बढ्ने कोइरालाले बताए । ‘होम आइसोलेसन बस्ने व्यक्तिका विषयमा हामी स्थानीय तहलाई जानकारी दिन्छौं,’ उनले भने, ‘उनीहरूले निगरानी गर्छन् कि गर्दैनन्, हामीलाई थाहा हुँदैन ।’ शय्या खाली नभएपछि घरमै आइसोलेसनमा बस्न चाहनेलाई अस्पताल नलगेको उनले बताए । काठमाडौं महानगरपालिकाका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास ब्रजाचार्यले होम आइसोलेसनमा बसेकाको निगरानी हुन नसकेको बताए । ‘कार्यविधि बने पनि प्रमाणीकरण हुन बाँकी भएकाले निगरानीको काम हुन सकेको छैन,’ उनले भने । महानगरकै कोभिड फोकल व्यक्ति ज्ञानबहादुर ओलीले घरमै आइसोलेसनमा बस्नेको अवस्था वडा तहमा रहेका क्लिनिकले बुझ्ने बताए ।
होम आइसोलेसनमा कुन दिन कति ?
ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाका अनुसार साउन ७ देखि बुधबारसम्म घरमै आइसोलेसनमा बस्ने २० जना छन् । साउन ७ र ८ मा १/१ जना, ९ मा २ जना, १०, ११ र १२ मा पनि १/१ जना, १३ गते ७ जना, १४ गते १ जना संक्रमित घरमै आइसोलेसनमा बसेका छन् । १५ गते ७० जना संक्रमित हुँदा ११ जना घरमा बसेका छन् । १६ मा १ जना, १८ गते ३६ जनामा ८ जना घरमै आइसोलेसनमा बसेका थिए । १९ गते १५ जना र २० गते १५ जना घरमै आइसोलेसनमा बसेका छन् । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...