×

NMB BANK
NIC ASIA

तोकिएका केन्द्रबाट हजार नमुना संकलन

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले स्वाब संकलन केन्द्र तोकेका उपत्यकाका विभिन्न अस्पतालबाट बुधबार १ हजार ६८ स्वाब नमुना संकलन भएको छ । मन्त्रालयले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको नमुना संकलनका लागि मंगलबार १४ वटा अस्पताललाई केन्द्र तोकेको थियो ।

Muktinath Bank

पाटन, सिभिल, त्रिवि शिक्षण, शुक्रराज ट्रपिकल, वीरेन्द्र सैनिक, स्टार, प्रहरी, भक्तपुर, केएमसी, वीर, एपीएफ, प्रसूति गृह, कोरियामैत्री र ह्याम्स स्वाब संकलनका लागि तोकिएका अस्पताल हुन् । केन्द्र तोकिएपछि अन्य दिनभन्दा बढी नमुना संकलन भएको अस्पतालले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाटन अस्पतालमा बुधबार ७० वटा नमुना संकलन भयो । केन्द्र नतोक्दा पनि यो अस्पतालबाट यति नै स्वाब संकलन हुने गरेको कोभिड कमिटी संयोजक डा. आशिष श्रेष्ठले बताए ।


Advertisment
Nabil box
Kumari

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३ सय स्वाब संकलन भएको छ । कोरोना परीक्षण भन्नासाथ अधिकांश व्यक्ति टेकु पुग्ने भएकाले भीड नियन्त्रण चुनौतीपूर्ण भएको निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए ।
सरकारले थापाथलीस्थित प्रसूति गृहलाई स्वाब संकलन केन्द्र तोके पनि पीसीआर उपकरण नभएकाले परीक्षण गर्न सम्भव छैन । अस्पतालमा भर्ना भएका सुत्केरी र गर्भवतीबाहेक अन्य कसैको स्वाब संकलन नभएको अस्पतालका प्रशासन प्रमुख रानु थापाले बताइन् । बानेश्वरस्थित सिभिल अस्पतालमा भीटीएम नभएका कारण बुधबार स्वाब संकलन भएन । मन्त्रालयले भीटीएम उपलब्ध गराएपछि स्वाब संकलन हुने निर्देशक डा. दीर्घराज आरसीले बताए ।

Vianet communication
Laxmi Bank

कोरोना संक्रमणको शंका लागेका, संक्रमण फैलिएको जिल्लाबाट आएका वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षणका लागि कहाँ जाने, के गर्ने भन्ने अन्योल बढेपछि केन्द्र तोकिएको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । संक्रमणको शंका लागेर अस्पताल पुगेका र परीक्षण निर्देशिका मापदण्डभित्र परेका सबैको अनिवार्य पीसीआर परीक्षण गरिने उनले जानकारी दिए । परीक्षणको दायरा बढाउनका लागि सरकारले हालसम्म तीनपटक निर्देशिका (नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९) संशोधन गरेको छ ।

साउन १४ गते संशोधित नयाँ निर्देशिकाअनुसार कोरोनाको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, कडाखाले श्वासप्रश्वासका रोगी, विदेशबाट फर्केका, फ्रन्टलाइनमा खटिने कर्मचारी, आईसीयूमा भर्ना भएका बिरामी र दीर्घरोगीको अनिवार्य रूपमा निःशुल्क परीक्षण हुन्छ । ‘कति संख्यामा नमुना स्वाब संकलन गर्ने भनेर तोकिएको छैन,’ उनले भने, ‘अर्को सूचना जारी नभएसम्म ती अस्पतालबाट स्वाब संकलन भइरहनेछ ।’

सरकारले अहिले कोरोना परीक्षणका लागि निजी अस्पताललाई पनि स्वीकृति दिएको छ । निजीमध्येबाट नमुना परीक्षणका लागि सानेपास्थित स्टार र धुम्बाराहीस्थित ह्याम्स अस्पताल पनि केन्द्र तोकिएका छन् । तर, यी अस्पतालमा शुल्क तिरेर मात्रै परीक्षण हुन्छ । दैनिक २ सय पीसीआर परीक्षण हुने स्टारमा बुधबार २ सय ७६ स्वाब संकलन भएको अस्पतालका व्यवस्थापन निर्देशक डा. शैल रूपाखेतीले बताए । ह्याम्समा पहिलो दिन ८९ वटा नमुना संकलन भयो । अन्य दिनभन्दा बुधबार धेरै स्वाब संकलन भएको निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए ।

त्रिवि शिक्षण अस्पतालमा पनि अन्य दिनभन्दा बढी नमुना संकलन भएको कोभिड कमिटी संयोजक डा. सन्तकुमार दासले बताए । दैनिक एक सय स्वाब संकलन हुने त्रिविमा केन्द्र तोकेको पहिलो दिन १ सय २० वटा नमुना संकलन भएको उनले जानकारी दिए ।

वीर अस्पतालमा १ सय १४ वटा नमुना संकलन भयो । दैनिक दुई सय वटासम्म नमुना संकलन हुने गरेको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए । भक्तपुर अस्पतालमा भने पहिलो दिन ९ वटा नमुना संकलन भएको मेसु डा. सुमित्रा गौतमले बताइन् । दैनिक ५० भन्दा बढी स्वाब संकलन हुने सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ३९ वटा नमुना संकलन भएको प्रवक्ता डा. प्रवीण नेपालले बताए । नेपाल कोरिया मैत्री अस्पतालबाट ५१ स्वाब लिइएको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, काठमाडौं मेडिकल कलेज र प्रहरी अस्पतालमा स्वाब संकलनका लागि बाहिरबाट सर्वसाधारण नपुगेको अस्पतालले जनाएका छन् । कान्तिपुर दैनिकमा  फातिमा बानुले खबर लेखेकी छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x