×

NMB BANK
NIC ASIA

कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु, थपिए ३ सय ६० संक्रमित

सरकारले भन्यो– 'संक्रमण बढेकाले अप्ठ्यारो स्थिति सिर्जना भयो'

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाले मृत्युवरण गरेको जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. गौतमका अनुसार मृत्यु हुनेमा मोरङका २ जना रहेका छन् । दुवै ४५ वर्षका रहेको प्रवक्ता डा. गौतमले बताए । 


Advertisment
Nabil box
Kumari

सर्लाही मलंगवाकी ६५ वर्षीया महिला, धनुषाकी ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

Vianet communication
Laxmi Bank

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशैभर थप ३ सय ६० जनामा संक्रमण देखिएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ६ हजार २ सय ९६ रहेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ७६, भक्तपुरमा १ र ललितपुरमा १० जनामा संक्रमण देखिएको छ । 

पछिल्ला केही दिनमा संक्रमणको दर बढेको छ । उपत्यका काठमाडौंमा पनि संक्रमणको दर विस्तार भएको छ । 

पछिल्लो २४ घण्टामा २ सय ३३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या १५ हजार ३८९ छ ।

स्थिति जटिल

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दर बढेकाले देशैभर अप्ठेरो परिस्थिति सिर्जना भएको जनाएको छ ।

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको दर देशैभर फैलिएकाले सबैलाई सावधानी अपनाउन अपिल गरे । 

उनले कुनै पनि सरकारी वा निजी कार्यालयमा बैठक, गोष्ठी र सेमिनार नगर्न अपिल गरेका छन् । 

'सरकारी तथा निजी कार्यालयमा बैठक, गोष्ठी र सेमिनार बन्द गर्न र यदि बैठक गर्नै परेमा भर्चुअल्ली गर्न अपिल गर्दछौं,' डा. गौतमले भने, 'भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले स्थानीय पालिका, प्रदेश सरकारले जनस्वास्थ्यका मापदण्ड अपनाउन र अनुगमन गर्न अपिल गरेका छौं ।'

उनले स्वाब संकलन गरेपछि रिपोर्ट नआउने बेलासम्म अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने बताए । 

डा. गौतमले कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालका बेड र चिकित्सकहरू कम हुनसक्ने चिन्ता व्यक्त गरे ।

त्यसको उचित व्यवस्थापन गर्न सरकारी तथा निजी अस्पतालहरूलाई आग्रहसमेत गरे । 

उनले अस्पतालका कर्मचारीले सिफ्टमा काम गर्ने व्यवस्था मिलाउने र अनिवार्यरूपमा जनस्वास्थ्य मापदण्ड अपनाउनुपर्ने समेत बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x