×

NMB BANK
NIC ASIA

यी हुन् साउन १९ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १८ निर्णयहरू [बुँदासहित]

साउन २२, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्ति गर्नेदेखि लिएर नेपाल-भारतबीच भएको साना विकास आयोजना सम्झौता नवीकरण गर्नेसम्मका निर्णयहरू गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत साउन १९ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ वटा निर्णयहरू गेरको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बिहीवार मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेर्नुहोस् मन्त्रिपरिषद बैठकले गरेका १८ वटा निर्णयहरू -


Advertisment
Nabil box
Kumari

१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री सुशील भट्टलाई नियुक्त गर्ने।

Vianet communication
Laxmi Bank

२. नेपाल एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाई सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गत मौजुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी चालू आर्थिक वर्षमा आवश्यक पर्ने ७ जना राजत्राकिंत पदहरूको अस्थायी दरबन्दी स्वीकृति गर्ने।

३. बेरुजु फर्छयौट मूल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने।

४. रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि नेपाल सरकारलाई सुझाव दिन श्री दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने।

५. स्याङ्गजा जिल्ला, अर्जुनचौपारी गाउँपालिका वडा नं१ को ३० रोपनी जग्गा प्रशासकीय भवन लगायतका पूर्वाधार विकास गरी सञ्चालन गर्न ३० वर्षे दीर्घकालीन प्रकारको लिजमा उपलब्ध गराउन स्वीकृति दिने।

६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ४२ जना राजपत्रांकित अधिकृतहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने।

७. भुजुङ्ग हाइड्रोपावर प्रा।लि।लाई माथिल्लो मिदिम जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका भौतिक संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाँऊपालिका ४ मा रहेको ८.९८ हेक्टर सरकारी वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने।

८. नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव वीरबहादुर राईलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने।

९. नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव वीरबहादुर राईलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने।

१०. शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजनारकार्यक्रम सञ्‍चालनको लागि राजपत्रांकित पदका २९२ अस्थायी दरवन्दी स्वीकृत गर्ने।

११. स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा भुम्लुटार(८, काभ्रेपलाञ्चोक निवासी डा।सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गर्ने।

१२. ट्रङ्क लाइन तथा डेडिकेटेड फिडरबाट भएको विद्युत आपूर्ति सम्बन्धमा विद्युत उपभोगकर्ता उद्योगी व्यावसायीहरू र विद्युत प्राधिकरणबीच देखिएको विवादलगायतका समस्याको समाधान मन्त्रालय र मातहत निकायबाट समन्वयात्मक रूपमा गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्‍को मिति २०७६।९।२१ को निर्णयबमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने।

१३. सन्धि सम्पन्‍न गर्ने सम्बन्धी निर्देशिका, २०७६ को मस्यौदामा स्वीकृति प्रदान गर्ने।

१४. 'नर्म्स फर रेट एनलाइसिस अफ राेड टनेल कन्स्ट्रक्सन' २०७७ स्वीकृत गर्ने।

१५. वैयक्तिक गोपनीयता सम्बन्धी नियमावली, २०७७ स्वीकृत गर्ने।

१६. नेपाल नेसनल बिल्डिङ काेड एनबिसी १०५: २०२०, सेइस्मिक डिजाइन अफ बिल्डिङ इन नेपाल स्वीकृत गर्ने।

१७. सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्यको नर्म्स स्वीकृत गर्ने।

१८. नेपाल सरकार र भारत सरकारका  वीचमा प्रथम पटक मिति २००८ अगस्ट ६ मा सम्पन्न भएको साना विकास आयोजना सञ्‍चालन सम्झौतामा नेपाल सरकार मन्त्रिपरिषद्‍को मिति २०७४।०८।१४, २०७५।०३।२४, २०७५।११।२८ र २०७६।०९।०७ को निर्णयानुसार कायम गरिएको शर्त र आयोजना कार्यान्वयन ढाँचा कायम रहने गरी उक्त सम्झौताको म्याद सन् २०२३ अगस्ट ५ सम्म थप गर्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x