बालककाे हत्या अभियाेगमा कारागार चलान

फाइल फोटो।

डडेल्धुराको आलिताल गाउँपालिका–६ मा ८ वर्षीय बालकको हत्या गरेको घटनामा जिल्ला अदालतले १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो।

सरकारी पक्षबाट थुनछेक बहस प्रकाश भण्डारीले गर्नुभएको थियो भने प्रतिवादीका तर्फबाट बहस अधिवक्ताद्वय विष्णु भट्ट र हरिप्रसाद भट्टले गरेका थिए। पक्राउ परेका १३ मध्ये तीन नाबालकलाई भने आवश्यक परेको बेला उपस्थिति हुने गरी उनीहरुको अभिभावकको जिम्मा लगाएको छ।


Advertisement

बालक हत्याको आरोपमा ५५ वर्षीय नीरबहादुर ओली, ३३ वर्षीय हरिकृष्ण भाट, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीया रिमा ओली, ३१ वर्षीया पवित्रा ओली, ३० वर्षीय टीकाराम ओली र अन्य दुई जनालाई थुनामा राखिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्