चीनले भन्यो, 'नेपाल-चीनबीचको मित्रता कसैले हल्लाउन सक्दैन'

चिनियाँ राजदूत होउ यान्छीले संकटका बेला चीनले नेपाललाई गरेको सहयोगको स्मरण गरेकी छन्।

बिहीबार ट्वीट गर्दै यान्छीले भूकम्प, बाढीपहिरो, इन्धन अभाव र कोरोनाको महामारीसँग लड्न चीनले नेपाललाई सहयोग गरेको स्मरण गरेकी हुन्।


Advertisement

उनले नेपाल र चीनबीचको सम्बन्ध छिमेकी र मित्रवत् मात्र नभई  दिदीबहिनी र दाजुभाइको जस्तो भएको उल्लेख गरेकी छन्।

राजदूत यान्छीले नेपाल-चीनबीचकाे सम्बन्ध कसैले हल्लाउन नसक्ने समेत बताएकी छन्।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्