'ईसाइलाई कोरोना लाग्दैन' भन्ने पादरीलाई नै संक्रमण, अदालतले सुनायाे ३ महिना कैद सजाय

म्यानमारमा एक क्यानडाका पादरीलाई पक्राउ गरी तीन महिना कैद सजाय सुनाइएकाे छ।

डेविड ला नामका ती पादरीले  ईसाइ धर्म मान्नेहरुलाई काेराेना नलाग्ने भन्दै भ्रम फैलाएकाे आराेपमा म्यानमारमा यस्ताे कदम चालेकाे हाे। यद्यपि ती पादरीलाई नै काेराेना पुष्टि भएकाे पाइएकाे थियाे। क्यानडाका ती व्यक्ति पछिल्लाे समय म्यानमारमा थिए।


Advertisement

म्यानमारकाे एक अदालतले ती पादरीलाई काेराेना भाइरस संक्रमण रोकथामका लागि लागू गरिएका नियम उल्लंघन गरेकाे अभियाेगमा तीन महिना कैद सजाए सुनाएकाे हाे।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्