×

NMB BANK
NIC ASIA

के पुनः लकडाउन हुँदैछ ?

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ। कोरोनाको मात्रा बढ्दै जानुले खतरा घटेको होइन बढेको देखाइरहेको छ। 

Muktinath Bank

आज मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य सार्वजनिक भएको छ । कूल छ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । देशभर कूल सङ्क्रमित सङ्ख्या २१ हजार ७५० पुगेको छ । आज मात्रै काठमाडौँमा थप ७६ जना नयाँ सङ्क्रमति भेटिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोखिम बढिरहेका बेला मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई सञ्चारकर्मीले सोधे “के सरकारले पुनःलकडाउन गर्दैछ वा तयारी के छ ?” सञ्चारकर्मीको जिज्ञासामा मन्त्री खतिवडाले भने, “तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन हुँदैन । सरकारले त्यसबारेमा केही सोचेको छैन, तर अवस्था हेरेर आवश्यक निर्णय हुन्छ।” कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले आवश्यक निर्णय गर्नसक्ने उहाँको भनाइ छ । स्थानीय प्रशासनले केही जिल्लामा पूर्ण लकडाउनसमेत गरेको उनले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

मन्त्री डा खतिवडाले सङ्क्रमणको जोखिम कम भएको स्थानमा अवस्था हेरेर खुकुलो बनाइएको र सङ्क्रमण बढी भएको स्थानमा थप कडाइ गरिने बताए। उनले अर्थतन्त्रमा परेको प्रभावको पनि विश्लेषण भइरहेको र आवश्यकताका आधारमा सरकारले निर्णय गर्ने उल्लेख गरे। 

Vianet communication
Laxmi Bank

सरकारले आगामी भदौ १ गतेदेखि शैक्षिक संस्था, आन्तरिक तथा बाह्य हवाई उडान तथा लामो दूरीको सवारीसाधन सञ्चालन गर्ने यसअघि नै घोषणा गरेको थियो । सङ्क्रमणको मात्रा बढ्दै जाँदा अब ती क्षेत्रका बारेमा सरकारले के निर्णय गर्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री डा खतिवडाले भने, 'अहिलेको अवस्थामा ती क्षेत्र खुला गर्ने अवस्था नआएको र पुनर्विचार हुनसक्छ । जोखिम बढेकाले तत्काल नखोलौँ भन्ने आवाज पनि आइरहेको छ।'

मन्त्री खतिवडाले ‘सिसिएमसीको बैठकमा आवश्यक समीक्षासहित मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए। उनले प्रधानमन्त्रीले आयोजना गरेको विज्ञसहितको बैठकमा समेत विभिन्न उपाय आएको भन्दै आवश्यकताका आधारमा मात्रै सरकारले निर्णय गर्ने उल्लेख गरे। उनले केही न्यूनतम कुरा नगरे हामीलाई एकदमै समस्या हुने र आर्थिकरूपमा श्वास फेर्न पनि कठिन हुन्छ भन्ने खालका कुरासमेत आइरहेको बताए।

उनले विदेशबाट आउन चाहने नेपाली नागरिकको हकमा समेत आवश्यक निर्णय हुने जानकारी दिए। उनले भने, “उद्धार गर्नैपर्नेलाई ल्याउनु नै पर्छ, तर केही समय त्यहाँ बस्दा सुरक्षित हुनेलाई अवस्था केही सहज भएपछि ल्याउने पक्षमा छौँ ।” शुरुमा पाँच हजार जनाको तथ्याङ्क आए पनि हालसम्म ४५ हजार बढी नेपाली नागरिकको उद्धार भइसकेको र अझै दूतावासमा फर्कन चाहेनको सङ्ख्या ४५ हजार बढी रहेको तथ्याङ्क आइसकेको उनको भनाइ छ । प्राप्त विवरणअनुसार कतिपय आफ्नो प्रवेशाज्ञाको म्याद सकिएका कारण फर्कन चाहेका छन् भने कतिपय स्वभाविकरुपमा फर्कन चाहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x