काठमाडौंमा फोहोरका डंगुर, किन उठाइदैन?

फाइल फोटो।

वर्षातको समय र फोहर व्यवस्थापन गर्ने निजी कम्पनी सक्रिय नभएका कारण काठमाडौँ महानगरपालिकाका केही स्थानमा नियमित फोहर सङ्कलन हुन सकेको छैन।

पर्यटकको मुख्य आकर्षकको केन्द्र मानिने ठमेल क्षेत्रका सडकमा फोहरका डङगुर छन्।


Advertisement

कामपा वातावरण विभागका प्रमुख हरिकुमर श्रेष्ठका अनुसार फोहर सङ्कलन गर्ने निजी कम्पनी कोरोनाको कारण सबै काममा नआएकाले फोहर व्यवस्थापनमा केही समस्या आएको हो। 

व्यवस्थापन हुन नसकेको केही स्थानका फोहर पनि केही दिनभित्र उठाइसक्ने पनि प्रमुख श्रेष्ठको भनाइ छ।


Advertisement

 हाल महानगर काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ६० प्रतिशत निजी कम्पनीले र ४० प्रतिशत कामपाले व्यवस्थापन गर्दै आएको छ।  उपत्यकाको १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि  नुवाकोटको सिसडोलमा व्यवस्थपन हुँदै आएको छ।
 

कमेन्ट गर्नुहोस्