बुद्ध एयरले गर्‍यो सिमरा उडान परीक्षण

नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार २१ गते बुध्द एयरको उक्त जहाजले दक्षिण र उत्तर गरि दुवै तर्फबाट उडान तथा अवतरण गरेको छ ।

जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ ।


Advertisement

यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।

चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुद्ध भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ ।


Advertisement

नेपालकै सबैभन्दा पुरानो सिमरा विमानस्थलको लम्बाइ ११९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिडभाड हुने गर्दछ ।

बुद्ध एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० 'डी' जहाज रहेको छ ।

भदौ १ बाट हुने उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ । यात्रुको दोहारो तापक्रम चेकजाँच, ह्यान्ड सेनिटाइज, फेसमास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागु गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

बुद्ध एयरको वेवसाइट www.buddhaair.com  र मोबाइल एपबाट टिकट खरिद गर्दा आकर्षक डिस्काउन्ट पाइने कम्पनीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्