×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र केही महिनायता देखिएको संकट छिट्टै र सजिलै समाधान हुने देखिएको छैन ।

Muktinath Bank

गत आइतवारदेखि छलफलमा जुटेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को संवादहीनता मंगलवारबाट पुनः शुरू भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय एक्ला-एक्लै भेट नगर्ने अडान प्रचण्डले लिएपछि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर दुई अध्यक्षबीच ३ दिन लगातार भेट भयो ।


Advertisment
Nabil box
Kumari

भेटमा एउटै कुरा दोहोरिएको थियो । प्रचण्ड र खनालले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने र ओलीले अस्वीकार गर्ने ।

Vianet communication
Laxmi Bank

बुधवार साँझ ५ बजे भनिएको दुवै अध्यक्षको भेटवार्ता स्थगित भएको थियो भने बिहीवारका लागि तय गरिएको अर्को भेट पनि हुन सकेन ।

यो बीचमा दुवै पक्षले आ-आफ्नो गुटगत भेला राखिरहेका छन् ।

बुधवार अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले केही सञ्चारकर्मीलाई बोलाएर ओलीले पार्टी र संसदीय दललाई सत्तामा पुग्ने भर्‍याङ बनाएको भन्दै आपत्ति प्रकट गरेका थिए ।

शीर्ष ४ नेताहरूले पार्टीभित्र पदको नभई वैचारिक र सैद्धान्तिक लडाईं भएको भन्दै मिडियालाई ब्रिफिङ गर्ने कोशिश गरेपछि ओली पक्ष बिच्किएको छ ।

'उहाँहरूको रवैयाले सहमतिलाई झन् टाढा धकेलेको छ,' ओलीनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई भने, 'उहाँहरूले पार्टी फूटको अग्रसरता लिइरहनुभएको छ ।'

बन्धक बनेको स्थायी कमिटी बैठक

गत असार १० गतेबाट शुरू भएको नेकपाको पाचौं स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग्ने क्रम नरोकिएपछि ओली बैठकबाट टाढा भाग्न खोजे । गत साउन ६ गते प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको स्थायी कमिटी बैठक बस्ने सुरसार अझैसम्म पनि छैन ।

नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठकलाई बन्धक बनाउन नहुने धारणा राख्दै आएका छन् भने ओली स्थायी कमिटी बैठक फेस गर्नै चाहन्नन् ।

नेकपाको विवादलाई केन्द्रीय कमिटीमा छलफल गर्नुपर्छ भन्दै १ सय ५२ केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेर पार्टी कार्यालयमा बुझाइसकेका छन् । तर ओली सचिवालय बैठकबाट निकास निकाल्नुपर्ने अडानमा देखिन्छन् ।

यतिबेला सारा विश्व कोभिड– १९ को महामारीका कारण सिर्जित समस्याहरूसँग लडिरहेको छ । तर नेपालमा भने केही फरक परिदृश्य देखियो । जनताले विश्वास गरेर दिएको करीब दुई तिहाइ मतलाई सत्तारूढ दल नेकपाले अपमान गरेको छ ।

सरकारको नेतृत्व गरेका केपी ओली विवादास्पद निर्णय र छविका कारण आलोच्य बनेका छन् ।

पार्टीलाई सत्तामा पुग्ने भर्‍याङ बनाइयो !

प्रचण्ड-नेपाल समूहका नेताहरूले संकटलाई स्वार्थसिद्धि गर्ने हतियार बनाएको भन्दै ओलीविरुद्ध आक्रोश पोखिरहेका छन् ।

यतिबेला प्रचण्ड-नेपाल समूहले ओलीको सरकार सञ्चालन प्रभावकारी नभएकाले आगामी निर्वाचनमा नेकपा पत्तासाफ हुने खतरा अनुभूत गरिरहेका जस्ता देखिन्छन् ।

प्रचण्ड-नेपालसहित नेकपाका शीर्ष ४ नेताले ओलीमा कम्युनिस्टविरोधी चरित्र हावी भएको, ओली नेतृत्वको सरकार बनेपछि आएका ३ वटा नीति तथा कार्यक्रमले जनताको आधारभूत समस्या हल गर्न नसकेको, सरकार भ्रष्टीकरणतर्फ हिँडेको, एक्लो व्यक्तिले पार्टी र सरकार चलाउन खोजेको र कूटनीतिक रूपमा पनि सरकार असफल भएको आरोप लगाएका छन् ।

यतिबेलै सामाजिक सञ्जालमा सरकारविरुद्ध चर्को आवाज उठिरहेको छ भने सडकमा विभिन्न दबाब समूहहरू सक्रिय छन् । कोरोना संक्रमणको नियन्त्रण भएको छैन बरू विज्ञहरूले संक्रमण भयावह हुने खतरा औंल्याइरहेका छन् । रोजगारी गुमाएर बसेका जनताहरू न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नसक्ने स्थितिमा पुगेका छन् ।

भित्र ढिँडो, बाहिर भात !

सरकार र सत्ताका बारेमा सधैँ आलोचनात्मक चेत राख्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले विश्वास गरेर पठाएको नेकपा 'भित्र ढिँडो बाहिर भात'जस्तो रहेको टिप्पणी गरे ।

उनले लोकान्तरसँग भने, 'जनताले विश्वास गरेर पठाएको पार्टी हो । हामीले पनि समर्थन गरेका छौं तर आवरणमा कम्युनिस्ट देखिएको नेकपाको गुदी अर्कै चिजले बनेको छ ।'

उनले एउटा किस्सा सुनाए । 'पहिलापहिला नेपाली समाजमा घरमा आँटो ढिँडो पाक्नु राम्रो मानिन्थेन । तर चामल सहजै नहुने हुनाले लुकाएर भएपनि ढिँडो खाने चलन भने धनीमानीहरूकै घरमा पनि थियो । धनी बराजुकहाँ कपडा सिलाउन गएको एउटा दर्जीलाई खान दिने बेलामा थालमा भातले छोपेर ढिँडो दिइएछ । अनि दर्जीले भित्र ढिँडो बाहिर भात, बुझेँ साब तपाईंको बात ! भन्दै हिँड्याथ्यो अरे, अहिले नेकपा त्यस्तै भएको छ ।'

केसीले नेकपाको विवाद विचार र सिद्धान्तमा आधारित नरहेको बताए ।

पछिल्लो विवादमा ओली बढी जिम्मेवार रहेको आफूले महसूस गरेको उनको भनाइ छ ।

'पछिल्लो विवादको जिम्मेवार ओली नै देख्छु म त,' केसीले भने, 'ओलीलाई आफ्नै साथीहरूले प्रधानमन्त्री बनाए, पार्टी अध्यक्ष बनाएर सहयोग गरे, अहिले उनले पार्टीभित्र राय सुझाव मान्न छाडेका छन् ।'

वृद्धहरूको पार्टी, वृद्ध मानसिकता !

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुराना कम्युनिस्ट नेता प्रदीप नेपालले नेकपामा वृद्धहरूको हालीमुहाली भएकाले यो समस्या आएको बताए ।

'उमेर वृद्ध भएपछि सोचाइ साँघुरो हुँदै जान्छ,' नेपालले लोकान्तरसँग भने, '६० कटेका सबै नेताहरूले आफूलाई सल्लाहकारको भूमिकामा सीमित गर्नुपर्छ । पटक–पटक सत्ताको स्वाद चाखेकाहरूलाई बिदाइ गरेर नेकपामा नयाँ संरचना खडा गर्नुपर्छ । त्यसपछि मात्र जनताको अपेक्षाअनुरूप काम हुन सक्छ ।'

उनले नेकपाका नेताहरूले युवाहरूले बढी र राम्रो काम गर्न सक्ने प्राकृतिक सत्यलाई आत्मसात गर्न नसकेको बताए ।

उनले बिहीवार गोरखापत्रमा लेखेका छन्, 'यस्तै चलिरह्यो भने बुर्जुवा शिक्षा बहिष्कार गरौं भन्ने हाम्रो पुस्ताका हजारौं साथीहरूका सेता कपाल, कमजोर हड्डी, लुते शरीरले सामाजिक सुरक्षा भत्ता पनि पाउन सक्नेछैनन् ।'

नेपालले नेकपाभित्र विधि, पद्धति, नीति, नियम जस्ता शब्दहरू अहिले व्यंग्य भएको भन्दै गुनासो पोखे ।

नेपालले लोकान्तरसँग भने, 'पार्टी अकर्मण्य बनेको छ । यतिबेला नेताहरूले आफैंलाई खुइल्याएका छन् । पदीय झगडा, भागवण्डामा पार्टीलाई होमेका छन् । देश र जनतालाई बन्धक बनाइएको छ । यस्तो अवस्थामा मैले आफूलाई नेकपाको नेता भनेर दाबी गर्नुपर्ने कुनै कारण देख्दिनँ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x