सुशान्त सिंहले आत्महत्या गरेको परिस्थिति सिर्जना गरेर अनुसन्धान गर्दै सीबीआई

भारतका फिल्म अभिनेता सुशान्त सिंहको आत्महत्या प्रकरणमा भारतको केन्द्रीय जाँच ब्यूरो (सीबीआइ)ले जाँच गर्ने भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले सीबीआई जाँचको तयारी अन्तिम चरणमा पुगेको समाचार प्रकाशित गरेका छन् । सीबीआईले विहार पुलिसलाई पत्र लेखेर अहिलेसम्म भएको जाँचको सबै दस्तावेज मागेको समाचारहरूमा उल्लेख गरिएका छन् ।


Advertisement

सीबीआईको एक टोली विहार पुगेर सबै फाइलहरू ल्याउने तयारी गरिरहेको छ ।

भारतीय सञ्चार एबीपीको अनलाइन संस्करणमा भनिएको छ, ‘सुशान्तको आत्महत्या जुन परिस्थितिमा भएको थियो, त्यही परिस्थिति सिर्जना गरेर अनुसन्धानलाई अघि बढाइनेछ ।’


Advertisement

सुशान्त सिंहको मामिलामा सीबीआईले मुद्दा दर्ता गरिसकेको बताइएको छ ।  

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्