×

NMB BANK
NIC ASIA

कोरोनाका कारण थप ५ जनाको मृत्यु, ८ हजार परीक्षणमा साढे ४ सय संक्रमित

साउन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको जनाएको छ । शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका ३ जना, सिराहाका १ जना र सर्लाहीका १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएका हुन् ।

Muktinath Bank

पछिल्लो समयमा संक्रमणको दर बढेसँगै कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या पनि बढिरहेको हो । बिहीवार पनि ५ जनाको मृत्यु भएको थियो । यससँगै हालसम्म नेपालमा कोरोनाका कारण ७० जनाको मृत्यु भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ पीसीआर परीक्षण गरिएको जानकारी दिए । परीक्षणका क्रममा ४ सय ६४ जनामा संक्रमण देखिएको थियो ।


Advertisment
Nabil box
Kumari

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा मात्र १ सय ६ जनामा संक्रमण देखिएको छ । यो हालसम्म एकैपटक देखिएको संख्या भन्दा बढी हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ९२, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

Vianet communication
Laxmi Bank

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ । देशभर हालसम्म २२ हजार २ सय १४ जनामा कोरोना संक्रमण देखिइसकेको छ भने १५ हजार ८ सय १४ जना निको भएर डिस्चार्ज भैसकेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले हालसम्म ६ हजार ३३० जना आइसोलेशनमा रहेको जानकारी दिए ।

सुरक्षा निकाय,सरकारी कार्यालय तथा न्यायालयमा बढी संक्रमित

डा. गौतमले पछिल्लो चरणमा सुरक्षा निकाय, सरकारी कार्यालय, न्यायालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र प्रदेशमा मन्त्री समेतमा कोरोना सङ्क्रमण देखिएको बताए । उनका अनुसार सङ्क्रमितमध्ये बहुसङ्ख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेर समूहका छन् भने ६० भन्दामाथिका अतिन्यून २ दशमलव १ प्रतिशत रहेको छ ।

साथै सङ्क्रमितमध्ये चार प्रतिशत १० वर्षमुनिका रहेका छन् । हाल परीक्षणको दायरा फराकिलो बनाई लक्षण देखिएका, सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्ति, गम्भीर स्वासप्रस्वासमा समस्या भएका व्यक्ति, अग्रपङ्क्तिमा खटिएर काम गर्ने व्यक्तिको परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

जिल्लागत रुपमा ५०० भन्दा बढी सङ्क्रमित चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् । सङ्क्रमित शून्य रहेका छ जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम रहेका छन् ।

सतर्कता अपनाउन मन्त्रालयको अपील

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा श्यया उपकरण र स्वास्थ्यकर्मी अभाव हुनसक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले कोरोनाको औषधि पत्ता नलागी सकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन आग्रह गरे । मन्त्रालयले सरकारी, सामुदायिक तथा अफिसमा बैठक, गोष्ठी, सेमिनारलगायत अन्य जमघट तत्काल बन्द गर्न र गर्नै परेमा भर्चुअल बैठक गर्न आग्रह गरेको छ ।

भारतीय सीमा क्षेत्रका जिल्लामा कोभिड सङ्क्रमण उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिका, गैरसरकारी संस्था, राजनीतिक नेता तथा कार्यकर्ता, शिक्षक तथा अन्य पेसा व्यवसायका व्यक्तिलाई सावधानी अपनाउन तथा स्वाब सङ्कलनपछि रिपोर्ट नआउँदासम्म अनिवार्य क्वारेन्टिनमा बस्न पनि मन्त्रालयले अपिल गरेको छ ।

औषधि, अक्सिजन र भेन्टिलेटरले सहयोग मात्र गर्ने हो भन्दै प्रवक्ता गौतमले रोगको उपचार नगर्ने भएकाले उचित उपाय भनेको नै रोग लाग्न नदिनु यो यसका लागि बेलैमा सचेत हुन सङ्क्रमण बढ्दै गएमा अस्पताल र स्वास्थ्यकर्मीले धान्न नसक्ने र अकालमा मृत्यु हुनसक्ने अवस्था आउने भएकाले सचेत रहन आग्रह गरे ।

उपत्यका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवा ठप्प

काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका अन्य कामहरू बन्द हुने भएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रवार बसेको बैठकले उपत्यकामा रहेका ३ वटा जिल्ला प्रशासन कार्यालयहरूमा अत्यवश्यक सेवाहरू बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आइतवारदेखि लागू हुने गरी सेवा बन्द गर्ने निर्णय भएको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुमकला पाण्डेले लोकान्तरलाई बताइन् । अन्य कार्यालयहरूको हकमा भने सम्बन्धित कार्यालयले नै निर्णय गर्ने पाण्डेको भनाइ छ ।

यस्तै उपत्यका छिर्ने सबै नाकामा विशेष कडाइ गरिने भएको छ ।

राष्ट्रपतिको चिन्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाका कारण श्रमिकहरूले रोजगारी गुमाएकोमा चिन्ता व्यक्त गरेकी छन् ।

शुक्रवार राष्ट्रपति कार्यालयमा कोरोना रोकथाम नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग कुराकानी गर्दै राष्ट्रपति भण्डारीले कोरोना नियन्त्रण र रोकथाममा भएका प्रयासहरूको बारेमा जानकारी लिने प्रयास गरेकी थिइन् ।

शुक्रवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर सो भेटघाटका बारेमा जानकारी गराएको छ ।

‘भेटघाटमा सम्माननीय राष्ट्रपतिज्यूले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको कुरा उल्लेख गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ,’ ‘तथापि बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।’

हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोनाभाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x