×

NMB BANK
NIC ASIA

कोरोना संक्रमित खोज्न १ हजार ७५ जनाको टीम परिचालन

साउन २३, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय सङ्क्रमित हुनसक्ने आँकलन गरेको थियो ।

Muktinath Bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय सङ्क्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार हुन सक्ने अनुमान गरेको थियो । तर कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सरकारले खेलेको प्रभावकारी कदमका कारण त्यति ठूलो सङ्ख्यामा सङ्क्रमित हुन पाएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजको दिनसम्म छ हजार ३३० जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्घ, प्रदेश र स्थानीय तह तथा आम नागरिकले कोभिड– १९ नियन्त्रण गर्न खोलेको प्रभावकारी कदमकै कारणले अनुमान गरिएको सक्रिय सङ्क्रमितलाई सीमितमा राख्न सकिएको बताए ।


Advertisment
Nabil box
Kumari

सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र गठन गरेको छ । सङ्घमा एउटा र प्रत्येक जिल्लामा जिल्लास्तरीय केन्द्र गठन भएको छ । त्यो केन्द्र पनि कोभिड– १९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

Vianet communication
Laxmi Bank

यस्तै नेपालमा चैत ११ गते बन्दाबन्दी, सरकारको प्रभावकारी कदम, स्थानीय तह गर्दा अनुमान गरेजस्तो सङ्क्रमित बढ्न नपाएका हुन् । साउन ६ गतेसम्म भएको बन्दाबन्दीमा नागरिकले घरभित्र बसेर कोभिड– १९ को रोकथाम र नियन्त्रणमा भूमिका खेलेका थिए ।

यस्तै स्थानीय तहले विदेशबाट आउने मानिसको तथ्याङ्क सङ्कलन गरेर क्वारेन्टिन निर्माण गरी उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखेका थिए । त्यसले पनि रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबैको सहयोगले प्रक्षेपण गरिएको भन्दा कम सङ्क्रमित रहेको बताए ।

‘हामीले सोचेभन्दा कम सङ्क्रमित रहेका छन् । तर कम सङ्क्रमित भयो भन्दैमा हामी जोखिम हटेको भन्न मिल्दैन,’ उनले भने, ‘हामी जोखिममा नै छौँ । कोभिड– १९ रोकथाम र नियन्त्रण गर्न अझै प्रभावकारी कदम चाल्नुपर्दछ ।’

सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि देशभरमा २५ कोभिड– १९ अस्पताल ‘डेडिकेटड’ र ११५ कोभिड– १९ क्लिनिक सञ्चालन गरेको थियो । नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।

नेपालमा पहिलो सङ्क्रमितको कोभिड– १९ को पुनःपरीक्षण गर्न विदेश लगिएको थियो । त्यतिबेला नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामात्र कोभिड– १९ को सङ्क्रमण परीक्षण गरिन्थ्यो । अहिले नेपालमा ३७ प्रयोगशालाबाट कोभिड– १९ को परीक्षण गरिन्छ ।

ती प्रयोगशालामा दैनिक २२ हजार पिसिआर परीक्षण गर्ने क्षमता छ । मन्त्रालयले सम्भावित सङ्क्रमण बढ्नलाई मध्यनजर गर्दै २५ केन्द्र अस्पताल र २० शिक्षण अस्पतालले तुरुन्तै परिचालन गर्नसक्ने गरी विशेषज्ञसहितको टिम तयार पारेको र आवश्यकताअनुसार परिचालनसमेत गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सातवटै प्रदेशमा सात हजार श्यया निर्माण गर्नका लागि रु ३८ करोड निकासा गरिसकेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

उहाँका अनुसार प्रदेश नं २ र ५ नम्बरका लागि रु सात/सात करोड, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई रु छ/छ करोड तथा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशलाई रु चार/चार करोड बजेट निकासा गरिसकेको छ । मन्त्रालयले गम्भीर प्रकृतिका एक हजार ५०० सङ्क्रमितका लागि सघन उपचार कक्ष र औषधिको व्यवस्थासमेत गरेको छ ।

यस्तै दुई महिनासम्मका लागि परीक्षण गर्ने किट प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा कवच (पिपिइ)कोसमेत व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकरी दिए ।

१ हजार ७५ टिम परिचालन

यसैगरी हरेक स्थानीय तहमा सङ्क्रमित व्यक्तिको खोज गर्नका लागि टिम गठन गरेको छ । मन्त्रालयले कन्ट्याक्ट टे«सिङका लागि एक हजार ७५ टिम स्थानीय तहमा गठन गरेको छ ।

उनका अनुसार सङ्क्रमित व्यक्तिको पत्ता लगाउन गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टिम गठन गरिएको छ । ती टिममा विशेषज्ञसहित तीन जना स्वास्थ्यकर्मीको हुनेछन् ।

यसैगरी मन्त्रालयले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । अहिलेसम्म दुई हजार ६०० सघन उपचार कक्ष र ९०० भेन्टिलेटर निर्माण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले थप २५० सघन उपचार कक्ष र भेन्टिलेटर निर्माण गरिएको तथा २४० सघन उपचार कक्ष निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।

उनले सङ्क्रमित बढिरहेकाले लक्षण भएका सङ्क्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने बताए । लक्षण नभएका ६० वर्ष मुनिका व्यक्तिलाई अस्पतालमा भर्ना नगरी घरमै आइसोलेशनमा राखिने बताए । अहिलेसम्म ३७ प्रयोगशालाबाट चार लाख २७ हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएका छन् ।

अहिलेसम्म २२ हजार २१४ जनामा सङ्क्रमण, छ हजार ३३० सक्रिय सङ्क्रमित र १५ हजार ८१४ जना निको भएर घर फर्किसकेका छन् । निको हुने दर ७१.२ प्रतिशत रहेको छ । भने ७० जनाको कोभिड– १९ का कारणले मृत्यु भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x