×

NMB BANK
NIC ASIA

उपत्यकाका १३६ ठाउँमा फैलियो कोरोना संक्रमण

साउन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ ।

Muktinath Bank

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । ‘त्यसमा पनि प्रदेश २ बाट आएकाको संख्या बढी छ । भारतबाट आएका पाँच जना छन्,’ कोइरालाले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शय्या अभावका कारण शुक्रबार पनि संक्रमितमध्ये २५ जनालाई मात्र अस्पतालको आइसोलेसनमा पठाइएको छ । ६८ जना घरकै आइसोलेसनमा बसेका छन् । केही सम्पर्कविहीन र उपत्यकाबाहिर छन् । ‘रोगको उपचार गर्न अस्पताल भर्ना भएका केहीलाई त्यहीं बस्न भनेका छौं,’ कोइरालाले भने ।


Advertisment
Nabil box
Kumari

शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ३४ जना महिला छन् । उपत्यकाको एक परिवारमा सात जनालाई संक्रमण भएको छ भने अर्को एक परिवारमा दुई जना संक्रमित भएका छन् । लकडाउन हटेयता लक्षणसहितको संक्रमितको संख्या पनि बढेको छ ।

Vianet communication
Laxmi Bank

उपत्यकामा शुक्रबार लक्षणसहितका संक्रमित ३० जना पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना देखिएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । ६ सय ४६ जना सक्रिय संक्रमित हुन् । मन्त्रालयले काठमाडौंसहित ६ जिल्लालाई जोखिममा राखेको छ । साउन १ देखि १२ सम्म उपत्यकामा दिनहुँ १६ जनाभन्दा कम संक्रमित थपिएका थिए ।

साउन १३ मा एकै दिन ६१ जनामा संक्रमण पुष्टि भएको थियो । दिनमा ५० जनाभन्दा बढी संक्रमित थपिन थालेपछि आइसोलेसनमा राख्ने शय्याको अभाव हुन थालेको छ । ईडीसीडीको संक्रमित व्यवस्थापन गर्ने टोलीले घरमै आइसोलेसनमा बस्न चाहनेलाई अनुमति दिने गरेको छ ।

उनीहरूलाई स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने भए पनि अधिकांशलाई निगरानी नगरिएको गुनासो छ । बुधबार संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये २० जना घरमै आइसोलेसनमा बसेका थिए । बिहीबार पनि ८१ जना संक्रमित देखिएकामा ४० जना प्रहरी र तिनका आफन्त प्रहरी अस्पतालमा आइसोलेसनमा राखिएको छ । अरू घरमै छन् ।

संक्रमित भर्ना गर्न तोकिएको अस्पतालको शय्या खाली नभएपछि कीर्तिपुरको आयुर्वेद अस्पताललाई दुई सय शय्यामा विस्तार गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । तर ती प्रयोगमा आइसकेका छैनन् । त्यस्तै, छाउनीस्थित सैनिक अस्पताल र महाराजगन्जको प्रहरी अस्पताललाई पनि लेबल २ को अस्पताल बनाउने निर्णय मन्त्रालयले गरिसकेको अधिकारीले जानकारी दिए । तर सेनाले सैनिकलाई मात्रै र प्रहरीले आफ्नो संगठनभित्रका संक्रमित मात्र भर्ना गर्ने भनेका छन् ।

न्युरोड क्षेत्रमा बजार बन्द
काठमाडौं महानगरपालिका वडा नं. २२ ले न्युरोड, इन्द्रचोक क्षेत्रमा तीन जना संक्रमित देखिएपछि वडाभरि बजार बन्द गर्ने निर्णय गरेको छ । काठमाडौंको न्युरोड नजिकैको खिचापोखरीमा बुधबार एक माछा पसलेलाई कोरोना देखिएको थियो ।

प्रदेश २ बाट आउनेबित्तिकै उनलाई वडाध्यक्ष चिनीकाजी महर्जनले पीसीआर गर्न पठाएका थिए । शुक्रबार वटुमा एक जना र कोइला गल्लीमा एक जना संक्रमित देखिएपछि स्थानीय व्यापार संघसँग समेत परामर्श गरेर न्युरोड क्षेत्रको पसल बन्द गर्ने वडास्तरीय निर्णय भएको महर्जनले बताए । उनका अनुसार शुक्रबार संक्रमण पुष्टि भएका दुवै जना रेडिमेड कपडाका होलसेल व्यापारी हुन् । दुवैलाई लक्षणसहितको कोरोना देखिएको छ । ‘पसल बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ र बजार क्षेत्रलाई निर्मलीकरण गर्छौं । त्यसपछि स्थिति हेरेर पसल खोल्ने वा नखोल्ने निर्णय गर्छौं,’ वडाध्यक्ष महर्जनले बताए ।

यही वडासँगै जोडिएको वडा नं २६ मा पर्ने असनमा एउटै परिवारका ५ जनासहित ९ जना संक्रमित भइसकेको वडाध्यक्ष चिनियामान बज्राचार्यले बताए । ‘९ मध्ये ७ जना असन र महाबौद्ध क्षेत्रका व्यापारी हुन्,’ उनले भने, ‘भारतबाट फर्केकी महिलाबाट संक्रमण फैलिएको अनुमान छ ।’ उनले उक्त वडामा पनि आइतबारदेखि पसल बन्द गराउन लागेको बताए । काठमाडौंका महाबौद्ध, असन, भोटाहिटी, इन्द्रचोक, न्युरोड सर्वसाधारणको बढी चाप हुने क्षेत्र हुन् । काठमाडौंलाई नै उच्च जोखिमको सूचीमा राखेको मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले बताए । काठमाडौं उपत्यकामा लक्षणसहितको संक्रमित देखिएकाले सावधानी अपनाउन जरुरी छ,’ उनले भने ।

दुई सातामा ४८५ संक्रमित
ईडीसीडीका अनुसार साउन ९ देखि २१ सम्म काठमाडौं, भक्तपुर र ललितपुरमा करिब ४ सय ८५ जना कोरोना संक्रमित देखिएका छन् । यसमा काठमाडौं महानगरमा मात्र करिब ६५ प्रतिशत अर्थात् ३ सय १५ जना संक्रमित भेटिएका छन् ।

उपत्यकामा दुई सातायता १ सय ३६ स्थानमा संक्रमित भेटिएका हुन् । २४ स्थानमा संक्रमितको संख्या ५ वा ५ भन्दा बढी छ । सबैभन्दा बढी ७५ जना संक्रमित नेपाल प्रहरीको मुख्यालयमा भेटिएको छ । कालीमाटी, बागबजार र सामाखुसी क्षेत्रमा १०/१० जना संक्रमित पाइएको छ । यी क्षेत्रका संक्रमितमध्ये अधिकांश लकडाउनपछि भारत र तराईबाट फर्केकाहरू रहेको ईडीसीडीले जनाएको छ । कालीमाटी, बागबजार र सामाखुसी उपत्यका बाहिरबाट आएका मानिसको बढी चहलपहल हुने स्थान हुन् ।

ईडीसीडीका अनुसार ललितपुरको सानेपामा ९ जना संक्रमित फेला परेका छन् । वनस्थली, टेकु र टंगाल क्षेत्रका आठ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि ७/७ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा व्यापारिक केन्द्रका रूपमा चिनिने असनमा मात्रै ६ संक्रमित फेला परेका छन् । बिजुली बजार क्षेत्रमा पनि ६ संक्रमित पाइएको छ । वीरगन्जको एक बैंकका म्यानेजर काठमाडौं फर्केपछि बिजुली बजारमा पहिलो संक्रमित भेटिएको थियो ।

त्यसपछि त्यहाँ अरूमा संक्रमण पुष्टि भएको हो ।

बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला तथा ताल्छीखेलमा ५/५ जना संक्रमित फेला परेका छन् । घट्टेकुलोमा भेटिएका संक्रमित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारीको परिवारका हुन् । बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा ४/४ जना संक्रमित पाइएका छन् ।

अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा ३/३ जनामा संक्रमण देखिएको छ । बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायत स्थानमा २/२ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाका अन्य ७० स्थानमा पनि पछिल्लो दुई सातामा संक्रमित भेटिएका छन् ।

पीसीआर काठमाडौं उपत्यकामा गराउँदा संक्रमण देखिए यतै व्यवस्थापन गरिन्छ । कतिपय व्यक्तिले काठमाडौं उपत्यकाको ठेगाना खुलाएका हुँदैनन् । यो विश्लेषणमा उनीहरूलाई समेटिएको छैन । ईडीसीडीले उपलब्ध गराएको विवरणमा जसको काठमाडौंको ठेगाना खुल्छ, त्यसका आधारमा कुन ठाउँमा कति संक्रमित छन् भनेर विश्लेषण गरिएको हो । कान्तिपुर दैनिकमा मकर श्रेष्ठ र स्वरूप आचार्यले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x