माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढे पनि त्यसको नियन्त्रण र उपचारका लागि सरकारले पर्याप्त तयारी गरेको बताएका छन् ।
उनले गम्भीर प्रकृतिका एक हजार पाँच सयसम्म बिरामीको उपचार गर्न औषधि र आईसीयूका सामग्री मौज्दात रहेको जानकारी दिए।
उपप्रधानमन्त्री पोखरेलले कोरोना सङ्क्रमणको अवस्था र सरकारको तयारीबारे गोरखापत्रसँग शुक्रबार कुराकानी गर्नुहुँदै यस्तो बताएका हुन्। उनले प्रयोगशाला र व्यक्तिगत सुरक्षा सामग्री दुई महिनाका लागि पुग्ने मौज्दात रहेको र थप आवश्यक सामग्री खरिद प्रक्रियामा रहेको बताए ।
उनका अनुसार कोरोना सङ्क्रमण विरुद्ध सरकारले आवश्यक पूर्वाधार विकास, स्वास्थ्य सामग्रीको मौज्दात र मानवीय तथा वित्तीय व्यवस्था गरेको छ । देशभर दुई हजार छ सय आईसीयू, नौ सय भेन्टिलेटर रहेका छन् । यीमध्ये कोभिड–१९ उपचारका लागि २५० आईसीयू बेड र भेन्टिलेटर थपिएका छन् । थप २४० आईसीयू बेड थप्न प्रक्रिया अगाडि बढेको जनाइएको छ । पहिलो सङ्क्रमितको परीक्षण गर्न विदेश पठाउनुपर्ने अवस्थाबाट सातै प्रदेशमा पीसीआर परीक्षण गर्न ३२ वटा प्रयोगशाला सञ्चालनमा छन् ।
रक्षामन्त्री पोखरेलले स्वाब सङ्कलन गरेर प्लेन चार्टर्ड गरी प्रयोगशालामा ल्याउनुपर्ने अवस्था पनि थियो । त्यो अवस्थाबाट अहिले दैनिक २२ हजार परीक्षण गर्न सक्ने क्षमता देशभर विस्तार गरिएको छ भने सरकारले निजी क्षेत्रका छ वटा प्रयोगशालालाई पनि पीसीआर परीक्षण अनुमति दिएको छ । सरकारले निजी क्षेत्रमा पीसीआर परीक्षण गर्न पाँच हजार पाँच सय रुपियाँ शुल्क निर्धारण गरेको छ । सरकारी र निजी प्रयोगशालामा दैनिक २२ हजारको पीसीआर परीक्षण क्षमता रहेको जनाइएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले देशभरका २५ हब अस्पताल र २० वटा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टोली तयारी अवस्थामा रहेको बताए ।
उनका अनुसार सरकारले ६० वर्षभन्दा माथि उमेरका कोरोना सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा घरमै आइसोलेसनको व्यवस्थासमेत गरेको छ । गम्भीर बिरामीको उपचार गर्न ‘प्लाज्मा थेरापी’ माध्यमबाट उपचारसमेत सुरु गरिसकेको जनाइएको छ । बन्दाबन्दी खुलेसँगै राजधानीमा सङ्क्रमण बढ्दै गएको भए पनि विगतको जस्तो बन्दाबन्दी सरकारले नगर्ने उनले स्पष्ट पारे ।
उनले सङ्क्रमणको डरलाग्दो अवस्था भएको ठाउँमा सिल गरी ट्रयाकिङ र ट्रेसिङ कार्य गरिनेछ । स्वास्थ्य सजगताको विशेष प्रबन्ध गरिए पनि आन्तरिक गतिविधि रोकिनेछैन भने।
सरकारले कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहनेको खोजी, स्वाब सङ्कलन गरी प्रयोगशालामा ल्याउन हरेक गाउँपालिकामा तीन स्वास्थ्यकर्मी रहेको टोली गठन गरेको छ । त्यस्तै नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच गरी देशभर एक हजार ७५ वटा यस्ता स्वास्थ्यकर्मीको समूह परिचालित रहेको जनाइएको छ ।
उनले परीक्षण बढाउने, स्वास्थ्य मापदण्डको पालनामा नागरिक सचेत रहने, सँगसँगै आर्थिक गतिविधि पनि सञ्चालन गर्नुपर्छ भने। आर्थिक क्रियाकलाप र सामाजिक गतिविधि बन्द गर्दा आर्थिक क्षेत्रमा अझ गम्भीर अवस्था आउनसक्ने समेत उनले बताए ।
भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र सेनिटाइजर प्रयोग गर्ने कार्य कडाइका साथ सबैले कार्यान्वयनमा लैजानुपर्ने बताउँदै उनले विश्व बजारमा स्वास्थ्य सामग्रीको हाहाकार रहेको अवस्थामा उपकरण तथा स्वास्थ्य सामग्री ल्याइएको तर उल्टै निरुत्साहित गर्ने कार्य भएको स्पष्ट पारे । गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले खबर लेखेका छन् ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...