पहुँच भएकाको पीसीआर रिपोर्ट तत्काल, सर्वसाधारण र बिरामीको ४ दिन !

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्रालयका कर्मचारीले बिहीबार पीसीआर परीक्षण गरे। दिउँसो संकलन गरेको स्वाबको रिपोर्ट साँझ पर्दा आइहाल्यो। सामाजिक सञ्जालमा मन्त्रीसहित कर्मचारीको रिपोर्ट नेगेटिभ भन्दै व्यापक प्रचार भयो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीको पनि बिहीबार स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट बेलूका आयो। आवश्यकता नभएका बिना लक्षण एवं बिना कन्ट्याक्टका पहुँचवाला कर्मचारीले पनि
गराए। यो दुई उदाहरण मात्रै हुन् ।


Advertisement

अन्य प्रदेश १ का सरकारको पहुँचवाला.कार्यालयका कर्मचारी र व्यक्तिले पनि सामान्य रुघा लागे स्वाव दिन्छन् र दबाव दिएर साँझ रिपोर्ट लिन्छन्। तर, रुघाखोकी र ज्वरोले थलिएका कोरोना पोजिटिभसँग भेट भएका सर्वसाधारण, पहुँच नपुग्ने, दवाव दिन नसक्नेको रिपोर्ट तीन दिनसम्म पनि आउँदैन।

विराटनगरका एक सञ्चारकर्मीले आफूले भेटेको साथीमा कोरोना संक्रमण देखिएपछि बुधबार विराटनगरस्थित महानगरपालिकाले स्वाब संकलन गर्ने स्थान जैनभवनमा गएर स्वाब दिए । 


Advertisement

शुक्रबार तीन दिन भइसक्दा पनि रिपोर्ट नआएको बताइन्।

अर्को एक पत्रकार महिलाले रुघाखोकीका साथ १०२ डिग्री ज्वरो लगातार तीन दिन आएपछि बुधबार नै जेन भवनमा पुगेर स्वाब दिइन्। 'स्वाब दिएको तीन दिनसम्म पनि रिपोर्ट आएन, उनले अन्नपूर्णसँग
भनिन्।

मंगलबार परीक्षण गरेकामध्ये केही सर्वसाधारणको रिपोर्ट शुक्रबार आयो। विराटनगरका तीन स्थानमा पीसीआर ल्याब राखेर परीक्षण भइरहेको छ।

पहुँच भएका, दबाब दिन सक्नेको स्वाब अघि परीक्षण गर्दा सर्वसाधारण र बिरामीको परीक्षण ढिला हुने गरेको छ। 'माथिबाट दबाब दिंदै फोन आउँछ, ठूलाबडाले प्राथमिकता पाएकै कोसी अस्पतालको ल्याबका एक हुन्, कर्मचारीले भने ।

प्रदेश १ का भीआईपी' र अन्य प्रदेशका मन्त्रीमै कोरोना देखिएपछि उनीहरूको सम्पर्कमा पुगेका उच्च ओहदाका कर्मचारीदेखि मन्त्रीसम्मले पीसीआर परीक्षण गर्न थालेपछि बिरामी र केही संक्रमितको परीक्षण धकेलिन थालेको छ । अन्नपूर्ण पोस्टमा रविन भट्टराईले खबर लेखेका छन् । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्