कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
साउन २४, २०७७
वामदेव गौतमको स्पष्टीकरण– 'दुवै अध्यक्षले बोलाउँदा भेट्ने गरेको छु, तर कुनै गुटमा छैन'
नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपाभित्रको तीनवटा विचार समूहमध्ये आफू कुनै पनि गुटमा नरहेको स्पष्टीकरण दिएका छन् ।
दुवै अध्यक्षले भेट्न बोलाउँदा जाने गरेको र उनीहरूलाई सुझाव दिने गरेको उनले उल्लेख गरेका छन् ।
उपाध्यक्ष गौतमका स्वकीय सचिव दीपक टमाटाले शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा गौतमको सन्देश लेख्दै गौतमले आफूलाई स्वतन्त्र राख्ने कोशिश गरेको उल्लेख गरेका हुन् ।
‘पार्टी अध्यक्ष भनेको केबल व्यक्ति मात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो, त्यसै कारण पार्टी अध्यक्षहरू दुवै वा एक्लै उहाँहरूले बोलाउँदा मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेका बेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु । क. प्रचन्डलाई पनि उहाँकै अगाडि आलोचना गर्ने गरेको छु,’ गौतमले भनेका छन्, ‘पार्टी अध्यक्ष दुवै वा एक्लैले बोलाएको बैठक वा भेलालाई मैले गुट मान्दिनँ । त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु ।'
उपाध्यक्ष गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्तिमा आफ्नो नाम जोडेर प्रचार गरिएकोमा पनि असहमति जनाएका छन् ।
'ओ'को साटो 'बी पोजिटिभ' रगत चढाउदा सुत्केरी महिलाको मृत्यु
चिकित्सक तथा रेडक्रसकर्मीको लापरवाहीका कारण जनकपुरमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।
जनकपुरको एउटा निजी अस्पताल राम जानकी हस्पिटलमा भर्ना भएकी प्रसुती महिलालाई गलत ब्लड ग्रुपको रगत चढाएका कारण मृत्यु भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ की २१ बर्षीय गंगा देवी महतोको शुक्रबार ९ बजे मृत्यु भएको छ । ‘ओ पोजिटिभ’ ग्रुपको रगत चढाउनु पर्ने ठाउँमा ‘बी पोजेटिभ’ ग्रुपको रगत चढाउँदा बिरामीको मृत्यु भएको हो ।
मृतक गंगाको पति राज किशोर महतोका अनुसार प्रसुती श्रीमतीको डेलिभरी गराउनका लागि हिजो बिहीबार ४ बजे उक्त अस्पतालमा भर्ना गरिएको थियो ।
अपरेसन गरेर बच्चाको डेलिभरी गर्नु पर्छ भनेर चिकित्सकले भनेका कारण पहिले देखि नै रगत ल्याएर राख्न उनलाई चिकित्सकले भनेका रहेछन् ।
गंगाको ब्लड ग्रुपको त्यहाँ अस्पतालका चिकित्सकले म्याच गर्दा बी पोजेटिभ ग्रुपको रहेको बताएका थिए ।
‘मेरो पनि लाइसेन्समा बी पोजेटिभ नै रहेको कारण आफ्नो रगत दिएर रगत लिने भन्दै मलाई अस्पतालको चिकित्सकले मेरो श्रीमतीको स्याम्पल समेत दिएर रेडक्रसको ब्लड बैंकमा पठायो,’ राज किशोरले लोकान्तर सँग भने,‘प्रादेशिक अस्पताल जनकपुरको रेडक्रसको ब्लड बैंकमा मैले एक पोका रगत दिएर त्यहाँ बाट बी पोजेटिभ ग्रुपको एक पोका रगत लिएर आएँ ।’
उक्त एक पोका रगत चढाएर चिकित्सकले बिहीबार साँझ ७ बजे तिर गंगाको शल्यक्रिया गरेर बच्चाको रुपमा उनले छोरी पाएको थियो । खुशी भएका राजकिशोरले चिकित्सकलाई मेरो श्रीमतीको अवस्था कस्तो छ भनेर सोध्न जाँदा सबै कुरा ठीक छ, कुनै चिन्ता लिनु पर्दैन भनेर जबाफ दिएका कारण आफू ढुक्क भएर बसेको उनी बताउँछन् ।
तर,अचानक रातको ११ बजे तिर मेरो श्रीमतीलाई अचानक आईसीयूमा भर्ना गर्यो । राती ३ बजे तिर अचानक तपाईंको श्रीमतीको ब्लड ग्रुप ओ पोजेटिभ छ, गलत ग्रुपको रगत चढ्यो, अर्को एक पोका ओ पोजेटिभ ग्रुपको रगत लिएर आउनुस् भनेर चिकित्सकले उनलाई भने ।
बिरामीको अवस्था खराब भई रहेको छ त्यसैले छिट्टै रगत लिएर आउनुस् भनेर त्यहाँका चिकित्सकले उनलाई भनेका रहेछन् ।
‘त्यस पछि मेरो भाइ राम हरी महतोले बी पोजेटिभ ग्रुपको एक पोका रगत दान गरेर पछि ओ पोजेटिभ ग्रुपको रगत लिएर अस्पतालमा दिएका थियौं,’ राजकिशोरले भने,‘त्यस पछि त प्लास्टिकको प्लास्टिक औषधि किनेर दिएका थियौं ।’
रात भरी औषधि किनेर अस्पतालमा ओसारेका राज किशोरलाई शुक्रबार बिहान ८ बजे तिर बिरामीको अवस्था धेरै सिकिस्त छ, अब हाम्रो नियन्त्रणमा छैन भनेर चिकित्सकले उनलाई जबाफ दिएका थिए ।
उक्त अस्पतालको आईसीयूमा कार्यरत रहेका चिकित्सक डा. दीपेन्द्र मेहताले पनि ब्लड ट्रान्स्फ्यूजनका कारण बिरामीको मृत्यु भएको बताउँछन् । ‘बिरामीको ब्लड ग्रुप ओ पोजेटिभ हो तर शुरूमा बी पोजेटिभ रगत चढाइएको कारण बिरामीमा एक्युट रिएकसन देखा पर्यो,’ डा. मेहताले भने,‘त्यस पछि बिरामी एनाफेलाक्सिस(शोक)मा गयो र ब्लड प्रेसर पनि गयो ।’
बिरामीलाई बचाउन भेन्टिलेटरमा समेत राखियो तर आज शुक्रबार बिहान ९ बजे उनको मृत्यु हुन पुगेको उनले बताए ।
‘शुरुमा अस्पतालले बी पोजेटिभ ग्रुपको भनेर बिरामी पक्षलाई भने पनि रेड क्रसले ब्लड ग्रुप स्याम्पल साथ म्याच गरेर मात्र पठाउने तथा त्यो नै अन्तिम निष्कर्ष समेत हुने हुनाले आफूहरुले पनि म्याच गरेर नै ब्लड बैंकले रगत दिएको होला भनेर ढुक्क भएर बी पोजेटिभ रगत नै चढायौँ,’ डा. मेहताले भने,‘हाम्रो लापरबाही भन्दा पनि रेडक्रस ब्लड बैंकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको हो । ’ यस सन्दर्भमा रेडक्रस धनुषाका सभापति नरेश प्रसाद सिंह सँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच ओफ रहेका कारण उनी लोकान्तरको सम्पर्कमा आउन सकेका छैनन् ।
मृतकका श्रीमानले मृतकको शब बुझ्न अस्वीकार गरेका छन । घटनाको छानबिन गरेर दोषी चिकित्सक तथा रेडक्रसकर्मीलाई कारबाही हुनु पर्ने तथा आफूहरुले क्षतिपूर्ति पाउनु पर्ने भन्दै आफ्नो श्रीमतीलाई न्याय नदिए सम्म शब नबुझ्ने मृतकका श्रीमान महतोले बताए ।
सहमतिविना प्रधानमन्त्रीले राजीनामा दिनुहुँदैन– रायमाझी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् ।
प्रेस संगठन नेपालले शुक्रवार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकता ताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए ।
पार्टी स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिए ।
पूर्व उपप्रधानमन्त्री रायमाझीले पाटी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताए ।
उनले भने, 'व्यक्ति नभई पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनुपर्छ ।'
सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले नेकपा विभाजन भएमा देश संकटमा पर्ने बताउँदै नेपाल र नेपालीलाई बचाउन तथा प्राप्त उपलब्धिको रक्षा गर्न मिलेर जानाको विकल्प छैन, भने ।
पार्टी प्रवक्ताको लाज जोगाउन नारायणकाजीलाई सुझाव दिँदै ओलीका सल्लाहकारको यस्तो ट्वीट
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रवक्ता पदको लाज जोगाउन नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई सुझाव दिएका छन् ।
'इनअफ इज इनअफ' भन्दै शुक्रवार ट्वीट गरेका रिमालले श्रेष्ठलाई गुटबन्दीको आगोमा उत्तोलक नबन्न सुझाव दिएका हुन् ।
'कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताविरुद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!' रिमालले लेखेका छन् ।
प्रवक्ता श्रेष्ठ ओलीइतर खेमामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँगै देखिँदै आएका छन् ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका अन्य कामहरू बन्द हुने भएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रवार बसेको बैठकले उपत्यकामा रहेका ३ वटा जिल्ला प्रशासन कार्यालयहरूमा अत्यवश्यक सेवाहरू बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आइतवारदेखि लागू हुने गरी सेवा बन्द गर्ने निर्णय भएको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुमकला पाण्डेले लोकान्तरलाई बताइन् ।
अन्य कार्यालयहरूको हकमा भने सम्बन्धित कार्यालयले नै निर्णय गर्ने पाण्डेको भनाइ छ ।
यस्तै उपत्यका छिर्ने सबै नाकामा विशेष कडाइ गरिने भएको छ ।
कोरोनाबाट थप ५ जनाको मृत्यु, ७० पुग्यो मृतकको संख्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको जनाएको छ ।
शुक्रवार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको बताएका हुन् ।
मृत्यु हुनेमा पर्सा जिल्लाका ४५ वर्षीय पुरुष, वीरगंज महानगरपालिकाका ७९ वर्षीय पुरुष, वीरगंजकै ५७ वर्षीय पुरुष, सिराहाका २५ वर्षीय पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिए ४ सय ६४ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय ६४ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
शुक्रवार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ सय ६४ मा कोरोनाको संक्रमण पुष्टि भएको जनाएका हुन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणमुक्त भएर हालसम्म १५ हजार ८ सय ४१ डिस्चार्ज भएका छन् ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...