बजेट दुरुपयोग हुन नदिन काठमाडौं महानगरले जारी गर्‍यो २६ बुँदे मार्गदर्शन,केके छन् मार्गदर्शनमा ?

बजेट दुरुपयोग हुन नदिन काठमाडौं महानगरपालिकाले मार्गदर्शन जारी गरेको छ । विनियोजित बजेटको जथाभावी खर्च हुने प्रवृत्तिलाई रोक्न महानगरपालिकाले शुक्रवार आर्थिक वर्ष २०७७र७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माण बजेट खर्च गर्नेसम्बन्धी मार्गदर्शन, २०७७’ जारी गरेको हो । 

चालू आवमा विनियोजित बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन महानगरले मार्गदर्शनमार्फत् २६ बुँदे व्यवस्था गरेको छ ।  


Advertisement

चालू आवमा विनियोजित बजेट तीन किस्तामा उपलब्ध गराउने, तर अघिल्लो किस्तामा लगेको बजेट खर्चको प्रगतिका आधारमामात्र दोस्रो किस्ता उपलब्ध गराउने व्यवस्था मार्गदर्शनमा गरिएको छ । 

प्राप्त प्रशासनीक खर्चको निकासा रकम महानगरको सार्वजनिक खरिद कानूनको अधिनमा रहेर गर्न पनि महानगरले भनेको छ ।


Advertisement

 वडाले आर्थिक दायित्व सृजना हुने निर्णय गर्दा महानगरपालिकाको स्वीकृति लिनुपर्ने तथा स्रोत सुनिश्चित गरेर मात्र थप आर्थिक दायित्व सृजना हुने निर्णय गर्न मार्गदर्शनमा भनिएको छ । 

ठूला विकासका पूर्वाधारदेखि अत्यावश्यक साना विकास निर्माणका कार्य गर्नसमेत खर्च मापदण्डको विधि अपनाई पारदर्शीपूर्ण ढंगले गर्न गराउन तथा पूँजीगत खर्च शीर्षकमा विनियोजित बजेटबाट चालू ९प्रशासनिक० प्रकृतिको खर्च गर्न नपाइने मार्गदर्शनमा व्यवस्था गरिएको छ । 

संघ, प्रदेश र महानगरबाट सहलगानी र साझेदारीमा संचालन हुने बाहेकका अन्य कार्यक्रम वा आयोजना दोहोरो नपर्ने गरी संचालन गर्न पनि भनिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्