कोरोना पुष्टि भएपछि फरार भएका ९ दिनपछि सम्पर्कमा

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

बुटवलका कोरोना पुष्टि भएर फरार भएका दुई जना सम्पर्कमा आएका छन् ।

यही साउन १६ गते बुटवलको हाटबजारको सपिङ कम्प्लेक्समा व्यापार गर्ने दुई जना भारतीयलाई कोरोना भाइरस पुष्टि भएपछि फरार भएकाहरु ९ दिनपछि सम्पर्कका आएका हुन् ।


Advertisement

भारतको नौतनवा पुगेर फोन सम्पर्क गरेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गरिएको थियो । रिपोर्ट पोजेटिभ आएलगत्तै उनीहरु मोबाइल अफ गरी सम्पर्कविहीन भएका थिए ।

संक्रमितहरुले भारतीय नम्बरबाटै आफूलाई फोन गरेको शाहले बताए । ‘उनीहरुसँग सम्पर्क हुनासाथ मैले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई जानकारी गराइसकेको छु’ उनले भने । उनीहरुलाई १४ दिनसम्म आइसोलेशनमा बस्न सुझाव दिएको उनले बताए ।


Advertisement

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्