×

NMB BANK
NIC ASIA

प्रहरीको भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकता : मुख्यमन्त्री गुरुङ

साउन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी संगठनको सांगठनिक तथा भौतिक विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन संरचनाको निरीक्षण तथा केन्द्रको गुरुयोजनाका बारेमा शनिवार जानकारी लिँदै उनले केन्द्रलाई आवश्यक सहयोग तथा समन्वयका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
 
तालिम केन्द्रलाई सुविधासम्पन्न एवं पूर्वाधारयुक्त देशकै नमूना तालिम केन्द्रका रूपमा स्थापना गरी थप विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सक्ने गरी निर्माणकार्य अघि बढाउन समेत मुख्यमन्त्री गुरुङले आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी तालिम केन्द्र गण्डकीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले हाल तालिम केन्द्रको निर्माणमा भइरहेका विविध गतिविधि, विभिन्न विधाका प्रशिक्षण, निर्माणाधीन भौतिक संरचना, तालिम केन्द्र सञ्चालनका लागि तत्काल आवश्यक स्रोतसाधन लगायतका विषयमा मुख्यमन्त्री गुरुङसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलाई जानकारी गराएका थिए ।


Advertisment
Nabil box
Kumari

ज्ञान, कला, कौशल र सीपले भरिपूर्ण प्रहरी कर्मचारी उत्पादन गर्ने तथा अन्तर्राष्ट्रियस्तरको नमूना प्रहरी तालिम केन्द्रका रुपमा सो केन्द्रलाई स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार तथा प्रदेश सरकार लगायतका सरोकारवाला निकायको भूमिकाका विषयमा छलफल तथा अन्तक्र्रिया गरी आगामी कार्ययोजना गरिने प्रहरी वरिष्ठ उपरीक्षक लोहनीले बताए ।
  
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल लगायतले तालिम केन्द्रको निरीक्षण तथा निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिएका थिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x