×

NMB BANK
NIC ASIA

स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम गर्न रोक

साउन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न शनिवारदेखि रोक लगाइएको छ ।

Muktinath Bank

जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सो अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई अस्पताल बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल अस्पतालको आकस्मिक कक्षमा कार्यरत सात अहेव संक्रमित भएर आइसोलेसनमा छन् भने शंकास्पद ३ चिकित्सकसहित २७ स्वास्थ्यकर्मी र कर्मचारी होम क्वारेन्टीनमा छन् । ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई आइसोलेसन र होम क्वारेन्टीनमा राख्नु परेपछि अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक, निजी अस्पताल वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच लगायतका काममा रोक लगाउने निर्णय गर्दै संकट व्यवस्थापन केन्द्रले अस्पताललाई निर्देशन पठाएको छ ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्यकर्मीको अभावका कारण शुक्रवार अस्पतालको आकस्मिक सेवा, सर्जरी र ओपिडी सेवा बन्द गर्नुका साथै अन्य सेवा समेत प्रभावित भएको थियो । आकस्मिक सेवालाई सञ्चालन राख्न र कोरोनाको संक्रमण एक ठाउँबाट अर्को ठाउँमा नफैलियोस् भनेर विशेष सजगता अपनाउँदै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

राजविराजस्थित छिन्नमस्ता अस्पताल (निजी) को शल्यक्रिया कक्षमा कार्यरत शल्यक्रिया सहायकमा समेत शुक्रवार कोरोना संक्रमण पुष्टि भएपछि सो अस्पताल समेत बन्द गरिएको छ । छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सकसहित ७० स्वास्थ्यकर्मी, कर्मचारीलाई पनि होम क्वारेन्टीन गरिएको अस्पतालका प्रशासन प्रमुख राजेश झाले बताए । केही चिकित्सक र स्वास्थ्यकर्मी दुवै अस्पतालमा कार्यरत छन् ।

छिन्नमस्ता अस्पतालमा संक्रमितको सम्पर्कमा आएका कारण होम क्वारेन्टीनमा बस्नुपरेका केही चिकित्सक र स्वास्थ्यकर्मी गजेन्द्रनारायण सिंह अस्पतालमा समेत कार्यरत रहेकाले थप स्वास्थ्यकर्मी अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक सेवा नै प्रभावित हुने अवस्था आएपछि संकट व्यवस्थापन केन्द्रले क्लिनिक र अन्य ठाउँका बिरामी जाँच गर्न रोक लगाउँदै सम्पूर्ण ध्यान अस्पताल र कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा लगाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

बढ्दो संक्रमणका कारण राजविराजस्थित एक मात्र आइसोलेसन केन्द्रमा संक्रमितलाई व्यवस्थापन गर्न समस्या भएपछि स्थानीय तहमा समेत आइसोलेसन केन्द्र सञ्चालन गर्न पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताए । लक्षण नेदेखिएका कोरोना संक्रमितलाई स्थानीय तहको आइसोलेसन केन्द्रमा र लक्षण देखिएका संक्रमितलाई जिल्लास्तरीय आइसोलेसन केन्द्रमा राख्ने गरी व्यवस्थापन गर्न स्थानीय तहमा आइसोलेसन केन्द्र स्थापना एवं सञ्चालन गर्ने निर्णय भएको ठाकुरले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x