जापानमा कोरोना संक्रमितको संख्या ४७ हजार नाघ्यो, अनावश्यक भेटघाटमा रोक

फाइल फोटो।

जापानमा कोभिड–१९ संक्रमितको संख्यामा वृद्धि  भएको छ।

जापानमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६५ मा कोरोना भाइरस पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Advertisement

यससँगै शनिबार साँझसम्म जापानमा संक्रमित हुनेको संख्या ४७ हजार ४ सय ६४ पुगेको छ।

कोरोना संक्रमितको संख्या बढेसँगै ‘बोन फेस्टिवल’को मौसमको बेला आएको भए पनि गृहनगरमा प्रान्तका राज्यपालले मानिसलाई अनावश्यक भेटघाट गर्न निरुत्साहित गरेका छन् ।
 
जापानको तथ्याङ्कमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजबाट जापान आएका ७ सय १२ सङ्क्रमितलाई समावेश गरिएको छैन। उक्त जहाज टोकियोको नजिकको बन्दरगाह शहर योकोहामामा क्वारन्टिनमा बस्ने क्रममा सङ्क्रमित भेटिएका थिए ।


Advertisement

 जापानमा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अहिले एक हजार ५० पुगेको छ। मृतकमध्ये १३ जना डायमण्ड प्रिन्सेस जहाजका यात्रु रहेका थिए।

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्