नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो झर्न रोकिएपछि हटाइने

फाइल फोटो।

पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

सडकखण्डअन्तर्गत शनिबार साँझ  चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।


Advertisement

अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम शुरु गरिने उनले बताए 


Advertisement

कमेन्ट गर्नुहोस्