पत्नी गौरीले खोलिन् शाहरुखको राज

बलिउडको चर्चित जोडी हो, शाहरुख खान-गौरी खान। ‘किङ अफ रोमान्स’ उपमा पाएका शाहरुखको निजी जिन्दगीबाट उनका प्रशंसक प्रभावित रहन्छन्।

शाहरुख जुन तरिकाबाट परिवारको ख्याल गर्छन् यो देखेर प्रभावित हुनेको संख्या बढ्न जान्छ। शाहरुख र गौरीको प्रेम कथा चर्चा त बेलाबेला भइरहन्छ।


Advertisement

हालै मात्र शाहरुखकी पत्नी गौरीले उनीसँग जोडिएको राज खोलेकी छिन्। गौरीका अनुसार शाहरुख कतै जानु परेमा तयार हुन धेरै समय लगाउँछन्। उनले भनेकी छिन्, ‘म ५ मिनेटमा तयार भइसक्छु र  उनी (शाहरुख) ५ घन्टा लिन्छन्।’

उनले यो पनि भनेकी छिन् कि शाहरुखको पूरै कोठा लुगाले भरिएको हुन्छ। शाहरुखले भने  होइन म त जतिखेर पनि उही लुगा लगाउँछु भनेका थिए।


Advertisement

शाहरुखले भनेका छन्, ‘म कालो सुट लगाउँछु, त्यसैले फरकफरक सुट लगाउनु पर्ने हुन्छ।’ केही दिन अघि मात्र यो जोडीले ‘मोस्ट स्टाइलिश कपल अफ द ईयरको  काे अवार्ड पाएको थियो।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्