गजेन्द्र नारायण अस््पतालमा सर्जिकल र आकस्मिक सेवा फेरि सञ्चालनमा

फाइल फोटो।

सप्तरीकोे राजविराजस्थित गजेन्द्र नारायण सिंंह अस्पतालमा बन्द रहेका सर्जिकल र आकस्मिक सेवा आजदेखि पुनः सञ्चालन भएको छ। स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि शुक्रबार अस्पतालका ती सेवा बन्द गरिएको थियो। 

अस्पताल स्यानिटाइज गरिएसँगै आकस्मिक सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा रङ्जीत झाले  जानकारी दिए।


Advertisement

अस्पतालमा जनशक्ति अभावका साथै उपलब्ध जनशक्ति पनि आइसोलेशनमा रहेकाले सर्जरी सेवा प्रभावित रहेको उनले बताए। उनका अनुसार हालसम्म आठ जना स्वास्थ्यकर्मी तथा एक सरसफाई कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

ती मध्ये दुई जना निको भएर घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ।


Advertisement

अस्पतालको ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टिनमा बसेपछि शुक्रबार अस्पतालको ती सेवा बन्द गरिएका थिए।

अस्पतालमा चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्दा अहिले स्वास्थ्यकर्मीकोे चरम अभाव रहेको बताइएको छ। पाँच चिकित्सक र चार स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन रहेको छ। 

कमेन्ट गर्नुहोस्