ईः भोलि अनसन तोड्दै, सरकारसँग सम्झाैताकाे तयारी

‘इनफ इज इनफ’ का अभियन्ता ईः भोलि आइतबार अनसन तोड्न राजी भएका छन्।

२२ दिनदेखि अनसनरत उनी पछिल्लो समय हृयाम्स अस्पतालमा छन्।  स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर हुने र त्यसपछि ईः ले अनसन तोड्ने जनाइएको छ।


Advertisement

सरकारसँग यसअघि भएको १२ बुँदे सहमति कार्यान्वयनका लागि आइतबार औपचारिक सम्झौता हुने अभियन्तामध्येकी एक अग्रिमा केसीले बताइन्। 

क्वारेन्टिनको रणनीति सुधार्नुपर्ने, विदेशबाट फर्कने चाहने नागरिकको उच्चतम प्राथमिकता र पूर्ण सम्मानका साथ घर फिर्ती हुनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने अभियन्ताको माग छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्