×

NMB BANK
NIC ASIA

राहतमा बाँडियो कुहिएको चामल !

साउन २५, २०७७

NTC
Sarbottam
रामप्रसाद राई गाउँपालिकामा राहत बाँडिएको गुणस्तरहीन चामल । तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट
Premier Steels
Marvel

रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो ।

Muktinath Bank

वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो । योभन्दा ठूलो विडम्बना अरू के हुन्छ ? ’, उनले भने । गाउँपालिकाले ६ वडाका २ हजार १ सय ८४ परिवारलाई राहत दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ैवडा नम्बर ४ दलगाउँमा बाँडिएको चामलमा पनि ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बिया भेटिएको स्थानीयको गुनासो छ । राहतका नाममा सडिएको चामल पाएपछि विपन्न तथा मजदुरका परिवारलाई निल्नु न ओकल्नु भएको टंकराज भट्टराईले सुनाए । राहतका नाममा कुहिएको चामल पाउँदा अन्य विकल्प खोज्न बाध्य बनाएको ओखे्रेकी प्यारी राईले सुनाइन् । भनिन्, ‘चामलको बोरा खोल्दा कम गुणस्तरको पाइयो ।’


Advertisment
Nabil box
Kumari

वडा नम्बर १ ओख्रेका वडाध्यक्ष सहदेव राईले पनि राहतका चामल गुणस्तरहीन भएको स्वीकार गरे । राहतको चामल जनताको घरमा पुगेपछि मात्र खानै नमिल्ने पाइएको उनले बताए । भने, ‘जनताको गुनासो आएपछि अनुगमन गर्दा चामलमा बिया, ढुंगा, कनिका मिसिएको पाइयो । कतिपय बोराभित्र कुहिएको चामल र किरा लागेको पाइयो । यसले राहतका नाममा निराशा थपिदिएको छ ।’

Vianet communication
Laxmi Bank

यससँगै गाउँपालिकाले वडा नम्बर ७ र ८ मा राहत वितरण रोकेको छ । वडा ८ खोक्सिकका वडाध्यक्ष मनोज राईका अनुसार चामल गाउँपालिका केन्द्र बैकुण्ठेमै छ । ‘गुणस्तर नभएको थाहा पाउनासाथ राहतको चामल वडामा ल्याएका छैनांै’, उनले भने, ‘त्यो चामल ठेकेदार कम्पनीले फिर्ता लगेर गुणस्तरीय र स्वस्थ चामल ल्याउनुपर्छ । अनि, मात्र हामी राहत वितरण गर्छांै ।’

ठेकेदार कम्पनी थापा सप्लायर्स हतुवागढीले चामल जाँचै नगरी ढुवानीमा लापरवाही गरेको भन्दै जनप्रतिनिधिले कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ८ वटै वडाका अध्यक्ष ठेकेदार कम्पनीलाई कारबाही गर्न एकमत भएका हुन् ।

प्रतिकूल मौसमका कारण राहत वितरणको अनुगमन प्रभावकारी नभएको गाउँपालिका अध्यक्ष विजय राईको भनाइ छ । करार सम्झौताविपरीत गुणस्तरहीन चामल उपलब्ध गराउने ठेकेदार कम्पनीलाई कानुनअनुसार कारबाही गरिने उनले बताए । भने, ‘यो जनताको स्वास्थ्यप्रति ठेकेदार कम्पनीको चरम लापरवाही हो, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने ठेकेदार कम्पनी कारबाहीको भागिदार बन्नै पर्छ ।’

ठेकेदारलाई कारबाही अघि बढाउन गाउँपालिका अध्यक्ष राईको संयोजकत्वमा पाँच सदस्य अनुगमन समिति बनाइएको छ । गाउँपालिका उपाध्यक्ष सम्झना राईले बाँड्न बाँकी रहेको वडा ८ को १० बोरा गुणस्तरहीन पाइएकाले कारबाहीका लागि थप सहज भएको प्रस्ट्याइन् ।

सप्लायर्सले पनि चामल अखाद्य भएको स्वीकार गरेको छ । सप्लायर्सका सञ्चालक रविन थापाले सुनसरीको कालाबञ्जारस्थित सौभाग्य राइस मिलका कर्मचारीले नै हकुवा चामल हालिदिएको दाबी गरे । भने, ‘मिलले नै हकुवा चामल दिएको छ । त्यो फिर्ता हुन्छ । मिलले अर्को गुणस्तरयुक्त चामल दिने सहमति जनाएको छ ।’ सप्लायर्सले ४५ लाख ९० हजार १ सय रुपैयाँमा चामलको ठेक्का पाएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जंगम राईले सप्लायर्सले २५ किलोका ३२ सय २४ बोरा चामलको ठेक्का पाएको बताए । सप्लायर्ससँग प्रतिकिलो ५६ रुपैयाँ ९५ पैसा पर्ने सोना मन्सुली चामल उपलब्ध गराउने सम्झौता थियो । यस्तै राहत वितरणकै लागि ६ लाख ३४ हजार ९ सय ७४ रुपैयाँको खाने तेल र आयोडिनयुक्त नुनसमेत खरिद गरिएको छ । प्रेम भेराइटी हतुवागढीले ६ लाख २५ हजार ४ सय ५६ रुपैयाँको खाने तेल र ९५ हजार १ सय ८ रुपैयाँको आयोडिनयुक्त नुन उपलब्ध गराएको हो । अन्नपूर्ण पोस्टमा प्रदीपचन्द्र राईले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x