चिया मजदुर भन्छन्– पुरानै ज्याला पाएनौं

 सहमतिअनुसार ज्याला नपाएको भन्दै झापाका चिया श्रमिकले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

श्रम ऐनअनुसार ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको वृद्धि भएको दैनिक १०७ रुपैयाँ ज्याला बगान मालिकले भुक्तानी नगरेको उनीहरूको भनाइ छ ।


Advertisement

कोभिड–१९ महामारीले सबै क्षेत्र शिथिल भए पनि चिया क्षेत्र इतिहासकै स्वर्णिम अवस्थामा पुगेको श्रमिकहरूको भनाइ छ ।

साउन लागेयता हरियो चियापत्ती अहिलेसम्मकै उच्च प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । तयारी चिया प्रतिकेजी भारु २ सयमा बिक्री भइरहेको अखिल नेपाल ट्रेड युनियन प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले बताए ।


Advertisement

श्रमिकले गत वर्ष श्रम ऐन कार्यान्वयनको माग गर्दै ४४ दिनसम्म सडक आन्दोलन गरेका थिए । ०७६ वैशाख ३० मा चिया उद्योगीले ऐन कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलन टुंगिएको थियो । सहमतिअनुसार एक जना श्रमिकले करिब २५ हजार रुपैयाँ भुक्तानी पाउनुपर्नेछ । कान्तिपुर दैनिकमा खबर छ । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्