कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
साउन २५, २०७७
कोरोनाभाइरस (कोभिड– १९) को शंका लागेर पीसीआर जाँचका लागि स्वाब दिएपछि अनिवार्य रूपमा क्वारेन्टीन वा आइसोलेसनमा बस्नुपर्ने नियम छ ।
त्यसमा पनि बढी जोखिममा रहेका स्वास्थ्यकर्मी र चिकित्सकहरु त स्वाब जाँचका लागि प्रयोगशाला पठाएपछि आइसोलेसनमा अनिवार्य बस्नुपर्ने हुन्छ । तर, कपिलवस्तुका एक जना स्वास्थ्यकर्मी स्वाब दिएपछि पनि समुदायस्तरमा स्याम्पल कलेक्सन गर्न हिँडे ।
रिपोर्ट आउँदा उनै स्वास्थ्यकर्मीको पीसीआर पोजेटिभ आएको छ । आफ्नो स्वाब दिएपछि उनले ३२१ जनाको स्वाब संकलन गरेको लोकान्तरलाई जानकारी गराए ।
कोरोना पोजेटिभ व्यक्तिले नै समुदायबाट यति धेरै व्यक्तिको स्वाब लिएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रत्येक दिनको कोरोना अपडेट प्रेस ब्रिफिङमा पीसीआर जाँचका लागि स्वाब दिएपछि अनिवार्य रूपमा क्वारेन्टीनमा बस्न भन्दै आएका छन् ।
यस्तो छ विवरण
कपिलवस्तु जिल्ला अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन स्वास्थ्यकर्मीलाई साउन १२ र १३ गते अत्याधिक ज्वरो आयो । ज्वरो आएपछि उनले ३ दिने एन्टीबायोटिक औषधि खाए । त्यसपछि ज्वरो निको भयो । कोरोना नभई अन्य कारणको ज्वरो होला भने अनुमान लगाए ।
त्यही पनि कोरोना नै हो कि भन्ने शंका लागेर उनले आफैं आफ्नो स्वाब तानेर (निकालेर) साउन १८ गते पीसीआर जाँचका लागि काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाए । कोरोनाको शंका लागेर स्वाब दिएपछि उनी अनिवार्य क्वारेन्टीन बस्नुपर्ने हो ।
तर, उनी स्वाब संकलनमा हिँडे । स्वाब दिएकै दिन उनले तौलिहवा अस्पतालका औषधि पसल, व्यवसायी र बैंकका कर्मचारी गरी ९५ जनाको स्वाब कलेक्सन गरे । त्यस्तै साउन २१ गते तौलिहवा बालमन्दिरमा उद्योगी व्यवसायीको गरी २२६ जनाको पनि उनैले संकलन गरे ।
साउन २२ गते रिपोर्ट आउँदा स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमा नै कोरोना पोजेटिभ देखियो । यसले समुदायस्तरमा कोरोना संक्रमणको ‘स्याम्पल टेस्ट’ गर्दा समुदायमै संक्रमण स्वाब लिने व्यक्तिले नै फैलाउने त होइन भन्ने प्रश्न खडा भएको छ ।
ती स्वास्थ्यकर्मी आफूलाई कसैले क्वारेन्टीनमा बस्न नभनेकाले स्वाब संकलन गर्न हिँडेको बताउँछन् । ‘स्वाब दिएपछि पनि क्वारेन्टीनमा बस्न भनिएन, त्यसपछि म आफ्नो काममा हिडें,’ उनले भने, ‘यो लापरवाही चाहिँ हो । कपिलवस्तुमा समुदायस्तरमा कोरोना जाँच गर्न थालिएको थियो, मैले त्यसैक्रममा स्वाब संकलन गरेका हुँ ।’
रिपोर्ट आएपछि भने उनी आइसोलेसनमा छन् । उनले स्वाब लिएका केहीको पोजेटिभ रिपोर्ट आएको छ । कपिलवस्तु जिल्ला कोरोना फोकल पर्सन कुमार थापाले स्वाब दिएपछि स्वास्थ्यकर्मी नै स्याम्पल कलेक्सनमा हिँडेको आफूलाई थाहा नभएको बताए ।
उनले लोकान्तरसँग भने, ‘स्वाब दिएको व्यक्ति रिपोर्ट नआउँदासम्म पीसीआर स्वाब लिन नहिँड्नुपर्ने हो । खै ? कसरी भयो यस्तो म बुझ्छु ।’
प्रदेश नम्बर ५ मा सबैभन्दा बढी संक्रमित भएको जिल्ला कपिलवस्तु हो । त्यहाँ आइतबारसम्म ८४६ संक्रमित पुगेका छन् । कपिलवस्तुमा कोरोना ‘लोकल ट्रान्समिसन’ भएको आशंका गरिएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले पीपीई र मास्क लगाएर काम गरेपछि संक्रमितले स्वाब संकलन गरे पनि अरूलाई सर्ने सम्भावना नहुने दाबी गरे ।
उनले भने, ‘रिपोर्ट पोजेटिभ नै आउने भन्ने थाहा भएन । तर सुरक्षित रूपमा स्वाब संकलन गर्नेबाट अरूलाई सर्दैन ।’
पाँच जना स्वास्थ्यकर्मी पनि संक्रमित
कपिलवस्तुमा समुदाय स्तरबाट संकलन गरी जाँच गरिएको पीसीआरमा १० प्रतिशत पोजेटिभ देखिएको छ । यसले जिल्लामा समुदायमा कोरोना पुगिसकेको संकेत गर्छ ।
जिल्लामा शनिबार मात्रै ५ जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ । अहिलेसम्म जिल्लामा १० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएको छ ।
प्रदेश सांसदलाई पनि संक्रमण
प्रदेश पाँचका सांसदलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेबाट प्रदेश ५ प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद कृष्णा केसी ‘नमूना’ले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी छन् ।
उनले आफूसँग क्लोज कन्ट्याक्टमा रहेका सबैलाई क्वारेन्टीनमा बस्न र पीसीआर परीक्षण गराउन अनुरोध गरेकी छन् ।
बाँकेमा निरन्तर संक्रमितको संख्या बढेपछि नेपालगञ्ज उपमहानगर क्षेत्रका अधिकांश स्थान सिल गरिएको छ भने जिल्लामा निषेधाज्ञालाई बढाउँदै लगिएको छ । बाँकेमा पनि समुदाय स्तरमा संक्रमण भेटिन थालेको छ ।
(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...